ठुलो सुख्खा बन्दरगाहको गुरुयोजना तयार

बैशाख ८, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा निर्माण हुन लागेको नेपालकै ठूलो सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीको गुरुयोजना तयार भएको छ ।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा निर्माण हुन लागेको दोधारा चाँदनी सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीको गुरुयोजना तयार भएको हो । यसको निर्माण सम्पन्न भएपछि वीरगञ्जपछि देशकै ठूलो सुख्खा बन्दरगाह हुनेछ । निर्माण सुरू भएको झण्डै ४ वर्ष अर्थात तीन वर्ष १० महिनामा सम्पन्न हुने लक्ष्य लिइएको परियोजना पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

पहिलो चरणको लागत ६ अर्ब ९८ करोड १६ लाख ७६ हजार रुपैयाँ र दोस्रो चरणको १२ अर्ब ३७ करोड १५ लाख रुपैयाँ बराबरको लागत लाग्ने मंगलबार पत्रकार सम्मेलन माफत इन्टरमोडल यातायात विकास समितिले जानकारी दिएको छ ।

मायापुरी सामुदायिक जंगल क्षेत्रमा बन्ने परियोजनाका लागि २ सय ८० विगाह जमिन प्राप्तिको सुनिश्चितता भएको परियोजनाका इन्जिनियर कमलप्रसाद जोशीले जानकारी दिए । परियोजना निर्माणका लागि स्थानीयको सहमति रहेको र सरकारले पनि बन्दरगाह निर्माण प्राथमिकतामा राखेका कारण परियोजनाले गति लिने उनले दावी गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको सहसचिव नेतृत्वको प्राविधिक समितिको सिफारिसअनुसारको क्षेत्रमै आधारित रहेर परियोजनाको गुरुयोजना तयार भएको विकास समितिले जनाएको हो । गुरुयोजना बनाउन तीन महिना, वातावरणीय प्रभाव मूल्यांकन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न तथा ठेक्का आह्वान गर्न १५ महिना लाग्ने गुरुयोजानामा उल्लेख छ ।

टेण्डर छनोटमा ४ महिना र निर्माण अवधि २४ महिना गरी ३ वर्ष १० महिनामा परियोजना निर्माण सकिने मास्टर प्लानमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस पदाधिकारीको बैठक : ‘केहिदिनमा राजनीतिमा फेरबदल आउने’

Wed Apr 21 , 2021
बैशाख ८, काठमाडौं । नेपाली काँग्रेसको बुधबार बसेको पदाधिकारी बैठकले अबका केहि दिनभित्र राजनीतिमा परिवर्तन हुने संकेत गरेको छ । पार्टीले माओवादी केन्द्र र जसपासँगको निरन्तरको वार्ता फलदायी भएको निष्कर्ष निकालेको छ । कस्तो परिवर्तन हुने र के निष्कर्षमा बैठक पुग्यो कांग्रेसले केहि खुलाएको छैन । काँग्रेसको पूर्वपदाधिकारी तथा वर्तमान […]