नेपाल इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेट बिच रेमिट्यान्स कारोवार सम्झौता

बैशाख १५, काठमाडौं । जापानमा बसेका नेपालीलाई आफ्नो देशमा पैसा पठाउन नेपाल इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेट बिच बिप्रेषण (रेमिट्यान्स) कारोवार गर्ने सम्झौता भएको छ ।

यो सम्झौतापछि जापानमा रहेका नेपालीहरुले डिजिटल वालेटको स्मल मोबाइल रेमिट्यान्स एप्स प्रयोगगरि नेपालमा सजिलै रकम पठाउन पाउनेछन् । यस मोबाइलको एप्स GooglePlaystore / Appstore बाट download गरि आफ्नो मोबाईलमा install  गर्न सकिन्छ ।Smile Mobile Remittance  मार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपाल स्थित कुनै पनि बैंकको खातामा तुरुन्त रकम जम्मा हुनेछ ।

Smile Mobile मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्द्या बढि भुक्तानी काउण्टरहरुबाट तुरुन्त प्राप्त गर्न सकिने बैंकले जनाएको छ । कोरोना जोखिमवाट सुरक्षित रहेर नेपालमा रकम पठाउन यो सुबिधा प्रयोग गर्न सबै नेपालीलाई बैंकले आग्रह गरेको छ ।

सेयर गर्नुहोस्
  • 151
  •  
  •  
  •  
  •  
  •  
    151
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिश्वको एउटा यस्तो शहर, जहाँ ४० दिनसम्म सूर्य उदाउँदैन

Wed Apr 28 , 2021
बैशाख १५, काठमाडौं । संसारमा यस्तो शहर छ, जुन शहरमा लगातार ४० दिनसम्म सूर्यको उज्यालो देख्न पाइन्न । तर, पनि त्यहाँ मानिसहरु बसोबास गर्छन् । रुसको मुर्मान्स्क शहरमा वर्षको ४० दिनसम्म सूर्योदय हुँदैन । २ डिसेम्बरबाट १० जनवरीसम्म त्यहाँका बान्दिाहरुले सूर्योदय नै देख्न पाउँदैनन् । ३ लाख बढी जनसंख्या रहेको […]