नेपाल निजामती कर्मचारी युनियन(संघ)को चेतावनी

ताजा अपडेट
चैत ३१, काठमाण्डौ ।

नेपाल निजामती कर्मचारी युनियन(संघ)ले संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन तानाशाही र अलोकतान्त्रिक रहेकाले पास नगर्न चेतावनी दिएको छ ।
मंगलबार नेपाल निजामती कर्मचारी युनियन(संघ) को राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ बाट पारित काठमाडौं घोषणा पत्रको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले संघीय निजामती सेवा ऐनमा लोकतन्त्र विरोधी रहेको बताउनुभयो । ऐनले संविधानलाई नै उलङ्घन गरेको तथा कर्मचारीहरुको सेवासुविधा, वृत्तिविकास लगायतका विषयमा अलोकतान्त्रिक तवरले तानाशाही व्यवस्था कायम गरिएको भन्दै सो ऐन पास भए कर्मचारीहरु आन्दोलनमा उत्रिने बताउनुभयो । राष्ट्रिय भेलाले ऐनको विरुद्धमा देशव्यापी रुपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

सरकारले निजामती प्रशासनलाई विघटन गरेर आफु अनुकुलका कर्मचारीहरुलाई करारमा नियुक्त गर्ने चेष्टा गरेको अध्यक्ष पोखरेलले बताउनुभयो । नेपाल निजामती कर्मचारी युनियन(संघ) का उपाध्यक्ष उत्तम कुमार कटुवालले संघीय निजामती सेवा ऐनले ट्रेड युनियनको अधिकारलाई हनन गरेको बताउनुभयो । श्रेणीबिहिन कर्मचारीको वृत्तिविकासको व्यवस्थालाई कुण्ठित गरिएको पनि उहाँले बताउनुभयो । करार कर्मचारीहरुलाई स्थायी बनाउनुपर्ने आफुहरुको मागको सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण पनि गराउनुभयो ।

सरकार नायब सुब्बाको वृत्ति विकास र बढुवामा गम्भिर नभएको पनि उपाध्यक्ष कटुवालले बताउनुभयो । ट्रेड युनियनको अधिकारको निम्ति नेपाल निजामती कर्मचारी युनियन(संघ)ले जस्तोसुकै आन्दोलन गर्न तयार रहेको पनि बताउनुभयो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपबीच सम्झौता

Tue Apr 13 , 2021
ताजा अपडेट चैत ३१, काठमाण्डौ । नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीलाई मुख्य प्रायोजन गर्न  (सोमबार) नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपबीच सम्झौता भएको छ । राजधानीमा भएको एक कार्यक्रममा क्यानका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरीबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौताबापत चौधरी […]