प्रतिनिधिसभाका ४ सांसदको पद रिक्त

ताजा अपडेट
चैत २७ काठमाण्डौ ।
प्रतिनिधिसभाका ४ सांसदको पद रिक्त भएको छ । प्रतिनिधिसभाको विहिबारको बैठकमा सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका ४ जना सांसदहरुको पद खारेज भएको जानकारी गराएसंगै औपचारिक रुपमा विहिबारदेखि ४ जना सांसदको पद रिक्त भएको हो ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसदहरु अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज भट्ट, रौतहट ३ का प्रभु शाह र कैलाली ३ का गौरीकशंकर चौधरी सांसद पदबाट मुक्त भएका हुन् । प्रत्यक्ष निर्वाचित सांसदहरुको पद रिक्त भएको अवस्थामा उपनिर्वाचन गराउनुपर्ने संबैधानिक व्यवस्था छ । संघीय संसद सचिवालयले सासद पद रिक्त रहेको बारे प्रधानमन्त्रीको कार्यालय र निर्वाचन आयोगलाई पत्राचार मार्फत जानकारी गराउने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो “आज प्रतिनिधिसभाको बैठकबाट प्रतिनिधिसभामा बहाल रहेका चार जना सदस्यहरुको पद रिक्त भएको सूचना जारी भएको छ । यो सूचनासँगै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने चारजना सदस्यहरुको पद रिक्त भएको छ । यस सम्बन्धमा यो पद रिक्त भएको सूचना निर्वाचन आयोगलाई सचिवालयले लेखेर उपलब्ध गराउँछ, पठाउँछ । यसैगरी मन्त्रिपरिषद्लाई पनि जानकारी गराउँछ र त्यसपछि प्रतिनिधि सभाको कार्यकाल ६ महिना भन्दा बढी भएको अवस्थामा उपनिर्वाचनबाट त्यस्तो पदपूर्ति गर्ने भन्ने व्यवस्था छ र प्रतिनिधि सभाको अहिले ६ महिना भन्दा बढी कार्यकाल रहेको छ । त्यसैले यि रिक्त रहेका चार जना सदस्यहरुको पद उपनिर्वाचन मार्फत पूर्ति हुने व्यवस्था छ । यसको सम्बन्धमा निर्वाचन आयोगले मिति निर्धारण गर्छ र त्यो मितिमा उप–निर्वाचन हुन्छ र त्यो उप–निर्वाचन मार्फत नै ति पदहरु पूर्ति हुने व्यवस्था छ । ”

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारण सभा

Fri Apr 9 , 2021
ताजा अपडेट चैत २७, काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले स्थापनाको ७० औं वर्षगाँठ मनाएको छ । नेपालका व्यवसायीहरुको छाता सङ्गठनको रुपमा क्रियाशिल चेम्र अफ कमर्सले व्यवसायीहरुलाई सरकारसँग जोडने काम पनि गरिरहेको छ । यसै वर्ष चेम्बरले व्यवसायी राजेन्द्र मल्ललाई नेतृत्व हस्तान्तरण गर्दैछ । चैत्र २८ गते बाट व्यवसायी मल्ल […]