बारपाकमा भुकम्पको त्यो बेला र अहिले

बैशाख १२, काठमाडौं । ६ वर्षअघि २०७२ वैशाख १२ गते गएको भूकम्पले गोरखाको बारपाकका ७२ जनाले ज्यान गुमाए । अधिकांश बेघरवार भए । १ हजार ४ सय घर पूर्ण रुपमा क्षति भयो ।

७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पको केन्द्रविन्दु नै गोरखाको बारपाक थियो । बारपाक केन्द्र भई पूर्वतिर सर्दै गएको भूकम्पले गोरखासहित १४ जिल्ला अति प्रभावित भयो ।

महाभूकम्पलाई बारपाकीले बिर्सन चाहे पनि भूकम्पकै केन्द्र रहेकाले बारपाक सबैको आकर्षणको केन्द्र बन्ने गरेको छ । महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक भएकाले यो पनि गाउँपालिकाको एउटा चिनारी भएको जनप्रतिनिधिको बुझाइ छ । पुरातन शैलीले बनेका घर भूकम्पले ढालपछि बनेको सुन्दर पक्की घरले बारपाकको सुन्दरता अर्कै बनाएको छ ।

भूकम्पपछि बारपाकीलाई पुनर्स्थापित गर्ने क्रम चल्दै गर्दा ७४ सालमा स्थानीय तहको निर्वाचनले जनप्रतिनिधि भई सेवा गर्ने मौका यहाँका अगुवा नेता कार्यकर्तालाई मिल्यो ।

भूकम्पपछि बारपाकको ऐतिहासिक पहिचानकै कारण गाउँपालिकाको नाम बारपाक सुलिकोट कायम गरी साविकको बारपाक, स्वारा, स्वौरपानी, ताकुमाझ, लाकुरिबोट, ताकुकोट, पाँचखुवा देउराली र पन्द्रुङ गाविसलाई गाउँपालिकामा समावेश गरियो ।
भूकम्पका कारण ज्यान गुमाएकाको सम्झनामा बारपाक सुलिकोट गाउँपालिका १ बारपाकमा बारपाक स्मृति पार्क निर्माण भइरहेको छ । भूकम्पपछिको पुननिर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको उपस्थितिमा एनआरएनएका अध्यक्ष कुमार पन्तले लाप्राक एकीकृत बस्ती समुदायलाई हस्तान्तरण गरेका थिए ।

धार्चे गाउँपालिकाको गुम्सीपाखामा गैरआवासीय नेपालीहरुले ५७३ घरसहितको एकीकृत बस्ती निर्माण गरेका हुन् । भूकम्पकै केन्द्रबिन्दु रहेको अतिप्रभावित जिल्ला गोरखामा ८५ प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार जीमेलीको तथ्यांकमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइतवार सुनको मुल्य ४  सयले  गिरावट

Sun Apr 25 , 2021
बैशाख १२ , काठमाडौँ ।आइतवार सुनको मुल्यमा ४  सयले  गिरावट आएको छ । शुक्रवार प्रतितोला ९१ हजार ७ सयमा कारोवार भएको सुनको मुल्य आइतवार प्रतितोला ९१ हजार ३ सयमा कारोवार भइरहेको छ । आइतवार तेजावी सुनको प्रतितोला ९० हजार ८ सयमा कारोवार भएको छ।   आइतवार चाँदीको मुल्यमा १० रुपैयाले […]