बिश्वको एउटा यस्तो शहर, जहाँ ४० दिनसम्म सूर्य उदाउँदैन


बैशाख १५, काठमाडौं । संसारमा यस्तो शहर छ, जुन शहरमा लगातार ४० दिनसम्म सूर्यको उज्यालो देख्न पाइन्न । तर, पनि त्यहाँ मानिसहरु बसोबास गर्छन् ।

रुसको मुर्मान्स्क शहरमा वर्षको ४० दिनसम्म सूर्योदय हुँदैन । २ डिसेम्बरबाट १० जनवरीसम्म त्यहाँका बान्दिाहरुले सूर्योदय नै देख्न पाउँदैनन् ।

३ लाख बढी जनसंख्या रहेको उक्त शहरका मानिसहरुले ४० दिनसम्म सूर्यको दर्शन गर्न नपाउँदा अन्धकारमै बिताउनु पर्ने हुन्छ ।
खासमा मुर्मान्स्क शहर सुमेरु वृत्त अर्थात् आर्कटिक सर्कलभित्र पर्छ । आर्कटिक सर्कल पृथ्वीको उत्तरी गोलार्धमा रहेको ६६ डिग्री ३३ मिनेट उत्तरी अक्षांश रेखामा पर्छ ।

पृथ्वी २३.५ डिग्री ढल्केको छ । अर्कोतर्फ सुमेरु वृत्त उत्तरी ध्रुवनजिक पर्छ । पृथ्वीले सूर्यलाई घुम्ने क्रममा सेप्टेम्बर २१ पछि दक्षिणी गोलार्धतर्फ सूर्यको प्रकाश बढी पर्दै जान्छ । त्यसपछि दक्षिणी गोलार्धमा दिन लामो हुने तथा उत्तरी गोलार्धमा दिन छोटो हुँदै जान्छ ।
शून्य डिग्री अक्षांशको भूमध्य रेखाबाट उत्तरी गोलार्धको जति उत्तरतर्फ लाग्यो उति दिन छोटो हुँदै जान्छ । त्यसपछि त्यस्तो अवस्था आउँछ, त्यहाँ सूर्योदय नै हुँदैन । यही अनुसार मुर्मान्स्क शहरमा ४० दिनसम्म सूर्योदय हुन्न ।
(अन्तराष्ट्रिय न्युज एजेन्सी)

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतको असममा शक्तिशाली भुकम्प, नेपालमा पनि असर

Wed Apr 28 , 2021
बैशाख १५, काठमाडौं । भारतको असम राज्य क्षेत्रमा बुधबार बिहान ६.४ म्याग्निट्युड स्कलेको भूकम्प आयो । नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार यो भूकम्प स्थानीय समयानुसार बिहान ७.५१ को हो । यसको केन्द्र सोनितपुर जिल्लामा थियो । यो भूकम्पले भारतको उत्तर पूर्वका साथै उत्तर बंगालका थुप्रै इलाकामा तीब्र झट्का महसुस गरियो […]