शहरी क्षेत्रका विद्यालय बन्द, पाँच जनाभन्दा बढि भेला हुन नपाईने

ताजा अपडेट
वैशाख ६, काठमाण्डौ ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश जारी गर्दै शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । ‘सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ,’ सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।काठमाडौं उपत्यकाका साथै उपत्यका बाहिर बनेपा, धुलिखेल, चितवन, बिराटनगर, इटहरी, धरान, वीरगञ्ज, जनकपुर, भैरहवा, पोखरा, बुटबल, नेपालगञ्ज, धजगढी, भीमदत्त नगर लगायतका उच्च जोखिम रहेका जिल्ला सदरमुकामहरुमा विद्यालय बन्द गरी अनलाइनबाट अध्ययन, अध्यापन गराइनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण बढेसँगै शहरी क्षेत्रका विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । तर निर्णय नभएपछि मन्त्रालयले १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राख्दै बालबालिकालाई विद्यालय नपठाउन अपील गरेको थियो ।
त्यसैगरि, सरकारले सार्बजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ ।यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सत्तापक्षको लफडाले तिन तहका सरकार तरंगित

Mon Apr 19 , 2021
ताजा अपडेट् वैशाख ६,काठमाण्डौ । सत्तारुढ नेकपा एमाले भित्रको विवादले केन्द्रदेखि स्थानीय सरकारसम्म प्रभावित भएको छ । कर्णाली प्रदेशमा माधब नेपाल पक्षीय सांसदले फ्लोर क्रस गरेर माओबादी केन्द्रलाई साथ दिएपछि सत्तारुढ एमाले भित्रको भाँडभैलो छताछुल्ल रुपमा बाहिर आएको हो । उता, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भने आसन्न […]