उपत्यकामा कहाँ लगाइन्छ चिनियाँ खोप ?

जेठ २, काठमाडौं । काठमाडौं जिल्लामा आइतबारदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ । जेठ ११ गतेसम्म चल्ने खोप अभियानमा चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरू सहभागी हुन सक्ने वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिकाको ३३ वटै वडामा खोप लगाइँदैछ । वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ । चन्द्रागिरि नगरपालिकामा ३ ठाउँमा दोस्रो डोज चिनियाँ खोप लगाइँदैछ । मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका बाहिर कीर्तिपुर नगरपालिकामा नयाँबजार गेट र बुँगाउँमा रहेको राराहिल मेमोरियल स्कुलमा गरी २ ठाउँमा खोप केन्द्र तोकिएको छ ।

काठमाडौं बुढानीलकण्ठ नगरपालिकाको २ ठाउँ, गोकर्णेश्वर नगरपालिकाको २ ठाउँ, टोखामा २ ठाउँ र नागार्जुन नगरपालिकाको २ ठाउँमा जेठ ११ गतेसम्म दोस्रो डोज खोप लगाउन लागिएको मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसबाहेक कागेश्वरी मनहरा, दक्षिणकाली, तारकेश्वर र शंकरापुर नगरपालिकाको एकएक ठाउँमा कोरोना खोपको केन्द्र तोकिएको छ ।

खोप लगाइने स्थानहरु–

सेयर गर्नुहोस्
  • 29
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जेठ महीनाको पहिलो कारोबार दिन १० अर्ब ४० करोडभन्दा बढीको शेयर कारोबार

Sun May 16 , 2021
  जेष्ठ २,काठमाण्डौ ।शेयर बजार परिसुचक नेप्से आइतवार ५४ दशमलव २१ अंकले  वृद्धि भएर २ हजार ७३८ दशमलव २९ पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८ दशमलव ६४ अंकले बढेर ४८८ दशमलव १४ पुगेको छ ।आइतवार शेयर बजारमा रू. १० अर्व ४० करोड ३८ […]