के माधब नेपाल पक्षको कारवाही फिर्ता होला ?

बैशाख २३, काठमाडौं । नेकपा एमाले संस्थापन पक्षले माधब नेपाल पक्षका धेरै नेतालाई कारवाही गरेको छ । निलम्बनदेखि निश्कासनमा परेका नेपाल पक्षका नेताहरुलाई संस्थापन पक्षले कारवाही फिर्ता गर्ला वा नगर्ला अहिले चासोको बिषय बनेको छ ।

यस बिषयमा छलफल गर्न आज बिहिबार नेकपा एमालेको बैठक बस्यो । अध्यक्ष केपी शर्मा ओली सहभागी स्थायी कमिटी सदस्यहरुको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनालाई गरिएको कारबाही फिर्ता लिनेबारे छलफल भएको स्रोतले जनायो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बिहीबार विहान बोलाएको आकस्मिक स्थायी कमिटी बैठकमा कारबाही फिर्ता लिनेबारे छलफल भएको हो । ‘थप छलफल गरेर मात्रै निर्णय लिने भन्ने भएको छ’, एक नेताले भने ।

अध्यक्ष ओलीले पार्टीमा समानान्तर गतिविधि गरेको भन्दै वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिना पार्टीबाट निष्काशन गरिएको पत्र पठाएका थिए ।

अध्यक्ष ओलीले कारबाहीको विषयलाई बैठकको एजेण्डा बनाएका थिए । बैठकका सहभागी नेताहरुले भने तत्काल कारबाही गर्नु उचित नहुने, बरु सकारात्मक वातावरण बनाउनुपर्नेमा जोड दिएको एक नेताले जनकारी दिएका छन् ।

अध्यक्ष ओलीले २८ फागुनमा आफ्नो पक्षका नेताहरुको मात्र बैठक राखेर विधान संशोधन, पदाधिकारी हटाउने, केन्द्रीय सदस्यहरु थप गर्ने लगायतका निर्णय गरेपछि नेपाल समूहले ४–५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो । भेलाका लागि अगुवाई गरेको भन्दै ओलीले ७ चैतमा महाधिवेशन आयोजक कमिटीको बैठक राखेर कारबाहीको निर्णय गराएका थिए ।

शुरुमा स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नदिएको भन्दै ओलीले ६ महिना निष्काशन गरेका थिए । नेपाल र रावललाई १३ चैतमा कारबाहीको पत्र दिइएको थियो भने १६ चैतमा भुसाल र पाण्डेलाई कारबाहीको पत्र दिइएको थियो ।

ओलीले नेता नेपाल समूहका ३० सांसदलाई स्पष्टीकरण सोधेका छन् । तर २७ वैशाखमा विश्वासको मत लिन प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएकाले नेताहरुलाई थप कारबाही भन्दा यसअघि भएको कारबाही फिर्ता गर्नेबारे बिहीबार बालुवाटारमा आयोजित बैठकमा छलफल भएको हो ।

अध्यक्ष ओलीले कारबाहीको विषयलाई बैठकको एजेण्डा बनाएका थिए । आकस्मिक बैठकमा सहभागीहरुले भने तत्काल कारबाही गर्नु उचित नहुने, बरु सकारात्मक वातावरण बनाउनुपर्नेमा जोड दिएको एक नेताले जानकारी दिएका छन् ।

यद्यपि कारबाही फिर्ताबारे बिहीबारको बैठकले निर्णय भने गरेन । तर स्पष्टीकरण सोधिएका चार नेतासहित ३० सांसदलाई तत्काल कारबाही नगर्ने निष्कर्ष पनि बालुवाटार बैठकले निकालेको छ । यस्तो निष्कर्ष निकालिसकेको बैठकले के अझै नेपाल पक्षको कारवाही फिर्ता होला ?

सेयर गर्नुहोस्
  • 546
  •  
  •  
  •  
  •  
  •  
    546
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले अध्यक्ष ओलीद्धारा आज पनि बैठक आह्वान

Fri May 7 , 2021
बैशाख २४, काठमाडौं । वाग्मती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रबार नेताहरुलाई बालुवाटार बोलाएका छन् । उप निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउन स्थायी कमिटीका नेताहरुसँग अनौपचारिक छलफलका लागि अध्यक्ष ओलीले बालुवाटार बोलाएको नेता सुवास […]