कोरोना संक्रमण रोक्न ५६ जिल्लामा निषेधाज्ञा

बैशाख २३, काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढेपछि ५६ जिल्लामा निषेधाज्ञा जारी भएको छ । वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ५६ जिल्लामा पुगेको छ । त्यसमध्ये ४१ जिल्लामा पूर्ण र १५ जिल्लामा आंशिक आदेश जारी भएको छ । अब २१ जिल्ला मात्र खुला छन् ।

बुधबार साँझसम्म ५६ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ । पछिल्लो तथ्यांकमा दोलखामा जिल्लाभर र इलाम, धनकुटा र सिन्धुपाल्चोकमा केही ठाउँमा निषेध आदेश जारी गरिएको मन्त्रलायले जनाएको छ ।

निषेधाज्ञाभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देशभरका २२ न्यायाधीश सहित अदालतका १६१ कर्मचारीलाई कोरोना

Thu May 6 , 2021
बैशाख २३, काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट देशभरका विभिन्न अदालतका २२ जना न्यायाधीशसहित १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतल बुधबार विज्ञप्ती जारी गर्दै मुलुकभरका विभिन्न अदालतमा २२ न्यायाधीश र १ सय ३९ कर्मचारीलाई कोरोना संक्रमण भएको जानकारी दिएको हो । सर्वोच्च अदालतका अनुसार उच्च अदालत जनकपुरको […]