गण्डकी र सुदुरपश्चिम प्रदेश प्रमुखले सपथ लिए

बैशाख २०, काठमाडौँ । गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएका सीता पौडेल र गंगाप्रसाद यादवले आज सोमबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरुले पद तथा गोपनियताको शपत लिएका हुन् । आज मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै पौडेल र यादवलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपतिले गण्डकी प्रदेशमा पौडेल र सुदूरपश्चिम प्रदेशमा यादव प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्तलाई हटाएर उनीहरुलाई नियुक्त गरिएको हो । गण्डकी र सुदूर पश्चिममा माओवादी निकट प्रदेश प्रमुखहरु रहेकोमा उनीहरुलाई हटाएर एमाले निकटलाई ल्याइएको हो ।

गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएकी पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन् । यसैगरी यादव राप्रपा नेपालका तर्फबाट यसअघि उपसभामुख भएका थिए । पछिल्लो समय उनी नेकपा एमालेमा लागेका छन् । ‍

सेयर गर्नुहोस्
  • 227
  •  
  •  
  •  
  •  
  •  
    227
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम साढे ७ अर्ब नाघ्यो

Mon May 3 , 2021
बैशाख २०, काठमाडौं । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार ५४ अंक्ले बढेको नेप्से परिसूचक सोमबार १२ दशमलव ३६ अंकले घटेर २ हजार ६ सय ५२ अंकमा झरेको छ । कारोबार रकममा भने सुधार देखिएको छ । एक करोड ५९ लाख ८ हजार ४ […]