चीनबाट अक्सिजन सिलिण्डर र बंगलादेशबाट रेम्डेसिभिर ल्याउन दुई जहाज जाँदै


बैशाख २५, काठमाडौं । स्वास्थ्य मन्त्रालयले बंगलादेशबाट ३५ हजार भायल रेम्डेसिभिर औषधी ल्याउने भएको छ । कोरोनाका बिरामीलाई दिइने रेम्डेसिभिरको अभाव हुने देखिएपछि मन्त्रालयले तुरुन्तै बंगलादेशबाट ल्याउने भएको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ३५ हजारमध्ये पहिलो चरणमा सोमबार १० हजार भायल ल्याइने छ । हिमालय एयरले बंगलादेशमा कमर्सियल फ्लाइट गर्दैछ। सोही उडानबाट मन्त्रालयले पहिलो चरणको रेम्डेसिभिर ल्याउने उच्च स्रोतले बतायो ।

सरकारसँग २७ हजार भायल रेम्डेसिभिर थियो। तर, अस्पतालहरूले जथाभावी प्रयोग गरेका कारण औषधी अभाव भएको उक्त स्रोतले बतायो । दोस्रो चरणमा २० हजार र तेस्रो चरणमा पाँच हजार भायल रेम्डेसिभिर ल्याइने एक अधिकारीले जानकारी दिए ।

उनका अनुसार थप १ लाख ३० हजार भायल अनुमति जारी गरिनेछ। सो अनुमतिअनुसार औषधी व्यवस्था विभागले रेम्डेसिभिरको खरिद र परिचालनको नेतृत्व गर्नेछ ।

यसैबीच, सरकारले तुरुन्तै चीनबाट अक्सिजन सिलिण्डर ल्याउन वाइडबडी जहाज चार्टर गर्ने भएको छ । बाँकी १८ हजार थान स्थलमार्गबाट ल्याइने स्वास्थ्यका ती अधिकारीले बताए।

३१ गते वाइडबडीले सात सय थान सिलिण्डर ल्याउने छ । त्यससँगै १० थान भेन्टिलेटर पनि आउने ती अधिकारीले बताए । तीन साताभित्रै दुई हजार सिलिण्डर ल्याउने स्वास्थ्यको योजना छ । चीनबाट धेरै देशले सिलिण्डर लैजाने हुँदा त्यहाँको सप्लायर्सले समय मागेको उनले बताए ।
‘अरू देशले पहिले अर्डर गरिसकेका रहेछन् । सप्लायर्सले अहिले सिलिण्डर बनाइरहेका छन्,’ ती अधिकारीले भने ।

स्वास्थ्यले २० हजार सिलिण्डर विश्व बैंक र २० हजार युनिसेफसँग मागेको छ। ‘सबैतिरबाट तीन/चार हजार, तीन–चार हजार आए भने हामीलाई पुग्छ,’ उनले भने ।

उनका अनुसार अहिले सिलिण्डरको अभाव टार्न स्वास्थ्य मन्त्रालय प्रयासरत् छ । यसका लागि शुक्रबार मात्रै मापदण्ड बनाएर सिलिण्डर होल्ड भइरहेका ठाउँबाट फिर्ता ल्याउने प्रक्रिया थालिएको उनले बताए ।

अहिले मेडिकल क्षेत्रबाहेक उद्योगमा आठ हजार सिलिण्डर स्टक रहेको बुझिन आएको छ । हाइड्रो पावर, चिनी, चुरा, रोलिङ उद्योगलगायतमा सिलिण्डर प्रयोग हुने गरेका छन् ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सडक र पुल निर्माणमा ओली सरकारको उल्लेख्य सफलता

Sat May 8 , 2021
बैशाख २५, काठमाडौं । धेरै आलोचना खेपेपनि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले सडक र पुल निर्माणमा ठुलो सफलता हात पारेको छ । धेरै दुर्गम गाउँमा सडक बनेका छन् । नदि र खोला भएका धेरै स्थानमा पुल निर्माण भइसकेका छन् भने केहि स्थानमा निर्माणाधीन अबस्थामा छन् । ओली सरकारको तीन वर्षको […]