निषेधाज्ञाका कारण नेपालमा रोकिएका विदेशीलाई भिसामा सहजीकरण

बैशाख २५, काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले घोषणा गरेको निषेधाज्ञाका कारण नेपालमा रोकिएका विदेशी नागरिकलाई सरकारले भिसामा सहजीकरण गर्ने भएको छ ।
अध्यागमन विभागका अनुसार १५ वैशाखसम्म नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय उडान स्थगत रहेको अवधिभित्र वा अन्तर्राष्ट्रिय हवाई उडान सूचारु भएको मितिले सात दिनभित्र नेपालबाट प्रस्थान गर्ने विदेशीको हकमा भिसा शूल्क, विलम्ब शूल्क र जरिवाना नलिइ भिसा नियमित गरिने भएको छ ।
१५ वैशाखसम्म नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय हवाई उडान सूचारु भएपछि पनि नेपालमै बस्न चाहने विदेशीको हकमा निषेधाज्ञा समाप्त भएको मितिले सात दिनभित्र भिसा नियमित गर्न विभाग वा अध्यागमन कार्यालयमा निवेदन दिएमा विलम्ब शूल्क र जरिवाना नदिई नियमित हुने भएको छ ।
१५ वैशाखसम्म नेपालको वैध पर्यटक भिसा भएका विदेशीको हकमा निषेधाज्ञा अवधिलाई निज पर्यटक भिसामा नेपाल बस्न सक्ने अवधि १५० दिन भित्र गणना नगर्ने निर्णय समेत विभागले गरेको छ ।
अन्तर्राष्ट्रिय हवाई उडान स्थगत रहेकै अवधि भित्र वा सूचारु भएको मितिदेखि सात दिन भित्र प्रस्था गर्ने विदेशीको हकमा अध्यागमन कार्यालय, त्रिभुवन विमानस्थलबाटै भिसा नियमित हुने समेत विभागका निर्देशक जीवन प्रसाद आचार्यले जानकारी दिएका छन् ।

सेयर गर्नुहोस्
  • 22
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चीनबाट अक्सिजन सिलिण्डर र बंगलादेशबाट रेम्डेसिभिर ल्याउन दुई जहाज जाँदै

Sat May 8 , 2021
बैशाख २५, काठमाडौं । स्वास्थ्य मन्त्रालयले बंगलादेशबाट ३५ हजार भायल रेम्डेसिभिर औषधी ल्याउने भएको छ । कोरोनाका बिरामीलाई दिइने रेम्डेसिभिरको अभाव हुने देखिएपछि मन्त्रालयले तुरुन्तै बंगलादेशबाट ल्याउने भएको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ३५ हजारमध्ये पहिलो चरणमा सोमबार १० हजार भायल ल्याइने छ । हिमालय एयरले बंगलादेशमा कमर्सियल फ्लाइट […]