नेपाल बायुसेवा निगमको नेतृत्वको सफलता : मर्मतमा लाग्ने सवा अर्व खर्च जोगाएर यसरी भयो निशुल्क

बैशाख २०, काठमाडौं । नेपाल बायुसेवा निगमले खर्च लागत निकालेको वाइडबडीको मर्मत निशुल्क गराएको छ । निगम ब्यवस्थापन नेतृत्वको मितव्ययीता निर्णय अनुसार मर्मत खर्चमा लाग्ने सवा अर्ब जोगिन सफल भएको हो ।

हेभी ल्याण्डिङको क्रममा बिग्रिएको वाइडबडी जहाजको मर्मत खर्च निगमले तिर्न नपर्नेगरि काम सफल भएको छ । कर्मचारीको लापर्वाहीका कारण झण्डै सवा अर्व ब्ययभार बेहोर्नुपर्ने अवस्थामा पुगेको निगमले सक्षम रुपमा काम गर्दा बिमा कम्पनीलाई नै मर्मत खर्च तिराउन सफल भएको हो । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले नेपाली ध्वजाबाहक नेवानिको अन्नपूर्ण नामक वाइडबडी जहाज ८ जनवरीको विहान साढे ४ बजे दोहाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा देखिएको समस्या मर्मत गरेर समाधान भएको जानकारी दिए । यो मर्मतमा निगमको कुनै खर्च लागेन । विमा कम्पनीबाट खर्च भएको छ ।

निगमले जहाज निर्माता एयरवसकै राय अनुसार एक महिनाभित्र थप ४२ उडान गरेर एक सय वटासम्म उडान गर्न मिल्ने जानकारी पाएको भएपनि थप जोखिम नलिने निर्णयसहित जहाज ग्राउन्डेड गरेर यसको लागत अनुमान गर्न थाल्यो । निगमका महाप्रवन्धक पौडेलका अनुसार उक्त जहाज मर्मत गर्न करिब १ अर्ब २० करोड रुपियाँ लाग्ने तथ्यांक आएको थियो । जहाजको तत्कालै मर्मत गर्न एयरक्राफ्ट अन ग्राउण्ड (एओजी) वेसिसमा यसका पाटपूर्जा मगाएर मर्मत गर्न त सकिन्थ्यो । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानका यात्रु कम भएकोले निगमका महाप्रवन्धक पौडेलले सम्बन्धित विभाग प्रमुखसँग सोधपुछ गरे र जहाज मर्मतमा हतार नगर्ने निर्णय लिएका थिए ।

‘एओजी वेसिसमा ल्याण्डिङ गियर ल्याउँदा अर्को चलिरहेको कुनै कम्पनीको जहाजबाट बिना टेण्डर ल्याउन सकिन्थ्यो । त्यसका लागि करिब ८० करोड रुपैयाँ ल्याण्डिङ गियरका लागि मात्रै खर्च गर्नुपर्ने अनुमानित लागत निस्कियो । जहाजको उक्त ल्याण्डिङ गियर मर्मत गर्ने र लाने लाउने भाडासहित करिब १ अर्ब २० करोड रुपियाँ खर्च गर्नुपर्ने भएकोले तत्काल निर्णय नगरी जहाजको आवश्यकता र मर्मत गर्ने समयको विश्लेषण गरियो । सोही अनुसार यो रकम नतिर्ने र जहाज पनि धेरै व्यस्त नभएकोले ग्राउन्डेड गरेर सार्वजनिक प्रस्ताव माग गरेरै ल्याण्डिङ गियर मर्मत गर्ने निर्णयमा निगम पुगेको थियो ।

पौडेलका अनुसार निगमले प्राविधिक समस्या आएर ग्राउण्डेड भएपछि जहाज मर्मत आकस्मिक गर्नु नपरेकोले निगम आफैंले पैसा तिर्नुभन्दा पनि जहाजको बीमा कम्पनीसँग परामर्श गरियो । सुरुमा कुरा गर्दा बीमा दिन तयार नभएका बीमा कम्पनी र त्यसको पुनर्बीमा कम्पनीलाई नेपालमै बोलाएर निगमले बीमा दाबी गर्यो । सुरूमा वियर एण्ड टियर भनेर पुर्ण भुक्तानी दिन आनाकानी गरेको बीमा कम्पनीले अन्ततः नै पूर्ण रूपमा क्षति भएको ल्याण्डिङ गियरको रकम तिर्न तयार भएपछि जहाज मर्मत गर्न सफल भएको हो ।

जहाज मर्मत गर्दा आवश्यक उक्त सामान एओजीमा नल्याउने र सार्वजनिक प्रस्ताव माग गरेर प्रतिस्पार्धाबाट ल्याउदा करिब ४० करोड रुपियाँ वचत हुने अनुमान त्यतिबेलै गरिएको थियो । ल्याण्डिङ गियरमा प्रतिस्पर्धा नगर्दा २९ करोड रुपैयाँ लाग्ने भनेको कम्पनीले नै प्रतिस्पर्धाबाट ल्याउँदा २२ करोड पैयाँमा नै दिन तयार भएको र यो रकम पनि बीमा कम्पनीले तिर्ने हुँदा निमगले बिना खर्च जहाज मर्मत गर्न सफल भएको निगमले जनाएको छ ।

सेयर गर्नुहोस्
  • 369
  •  
  •  
  •  
  •  
  •  
    369
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री ओलीको सम्बोधन: ‘कोरोना भाइरसको खोप लगाउनेमा नेपाल भारतपछि पहिलो’

Mon May 3 , 2021
बैशाख २०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्याराकै बीचमा सरकारले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुरु गरिसकेको बताएका छन् । देशबासीका नाममा आज सोमबार सम्बोधन गर्दे आफ्ना देशवासीलाई कोरोना विरुद्ध खोप लगाउनेमा नेपाल दक्षिण एसियामै भारतपछि पहिलो मुलुक भएको बताए । उनले हाल सम्ममा करिब २१ […]