प्रधानमन्त्री ओलीको दावी,‘राष्ट्रपतिको उजुरी कतै लाग्दैन’

जेठ ९, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार रहेको संवैधानिक धारा प्रयोगमा कतै उजुरी नलाग्ने दाबी गरेका छन् । उनले संविधानको धारा ७६ को उपधारा ५ लाई राष्ट्रपतिले स्वविवेकको रुपमा प्रयोग गर्न सक्ने संवैधानिक व्यवस्था रहेको दावी गरे ।

आज आइतबार पत्रकार सम्मेलनमा उनले संविधानको संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गतको सरकार बन्न समय दिएर, दावी परेर, दावी सदर हुन नसक्ने अवस्था देखेर राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्दै फिर्ता गरेको प्रस्ट पारे ।
उपधारा ५ अन्तर्गत सरकार बन्न सक्ने अवस्था नरहेपछि प्रतिनिधिसभा विघटनबाहेक अर्को कुनै संवैधानिक व्यवस्था नरहेको उनले दावी गरे । उनले भने, ‘राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने योमात्र एउटा ठाउँ हो । त्यसविरुद्ध कहीँ उजुरी लाग्ने वा हेरफेर गर्ने ठाउँ हुँदैन ।’

उनले प्रतिनिधिसभा विघटनविरुद्ध अहिले अपव्याख्या हुन थालेको पनि टिप्पणी गरे । उनले भने, ‘न्वारनदेखिको बल लगाएर बुद्धि र प्रतिष्ठाको दुरुपयोग गरेर अपव्याख्यामा उत्रिनु दुःखको कुरा हो ।’

 

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अक्सिजन प्लान्ट स्थापनाको लागि गण्डकी अस्पताल लाइ माछापुच्छ्रे बैंकको ५ लाख सहयोग

Sun May 23 , 2021
जेठ ९, काठमाण्डौं । माछापुच्छ्रे बैंकले गण्डकी अस्पताल पोखरालाइ अक्सिजन प्लान्ट स्थापनाको लागि रु ५ लाख सहयोग गरेको बैकले जनाएको छ । पछिल्लो समय नेपालमा बढ्दै गइरहेको दोस्रो लहरको कोरोना माहामारीको जोखीम न्युनिकरण तथा अक्सिजन अभावलाइ मध्यनजर गर्दै उक्त अक्सिजन प्लान्ट स्थापना गर्न बैंकले सहयोग गरेको बैकले जनाएको छ । […]