प्रधानमन्त्री ओलीको पक्षमा मत दिन सकिंदैन: दाहाल

बैशाख २७, काठमाडौं । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिस्वासको मत दिन नसकिने बताएका छन् ।

आज सोमबार प्रतिनिधीसभामा बोल्दै दाहालले ओलीलाई अहिले पनि राजीनामा दिएर अर्को सरकार गठनको बाटो क्लियर गर्नु लोकतान्त्रिक मूल्य, मान्यता र भावना अनुरुप हुन्छ भन्ने सुझाव दिए ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा बोल्दै गर्दा आफूलाई सन्तुष्टि महसुस नभएको दाहालको भनाइ थियो ।
दाहालले अहिले संविधानलाई कोरोना लागेको जस्तो भएको र त्यसको जिम्मेवार ओली रहेको पनि बताए ।
विश्वासको मत प्राप्त नहुने र यो विश्वास स्वयम् ओलीलाई पनि नभएको बताउँदै उनले ओलीलाई राजीनामा दिएर नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न पनि आग्रह गरे ।

‘प्रधानमन्त्रीले अघि मतको लागि आग्रह गर्नुभएको छ । तर उहाँलाई पनि राम्रोसँग थाहा छ, यो सदनले उहाँलाई विश्वासको मत दिँदैन । उहाँले बुझ्दाबुझ्दै पनि अपिल गर्नुभएको छ । यो उहाँको अपीललाई लोकतान्त्रिक प्रक्रियाको रुपमा सम्मान नै गर्न चाहन्छु ।’

ओलीको कार्यशैलीकै कारण विश्वासको मत प्राप्त गर्ने स्थिति नभएको भन्दै उनले बरु ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन मार्ग प्रशस्त गर्न विगतमा पनि आग्रह गरेको र अहिले पनि त्यही सुझाव दिने उनले बताए ।

सेयर गर्नुहोस्
  • 577
  •  
  •  
  •  
  •  
  •  
    577
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उपत्यकामा थप १५ दिन निषेधाज्ञा हुने

Mon May 10 , 2021
बैशाख २७, काठमाडौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश गरेको छ । काठमाडौंका मेयरहरुसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिश भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएर निर्णय हुनेछ । […]