महिला स्वयंसेविकाको सुबिधा शतप्रतिशत बृद्धिदेखि स्नातक तह उतिर्ण बिद्यार्थीलाई २५ लाखसम्म ऋण

जेठ १५,  काठमाडौं । सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा शतप्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले देशभरका महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात खर्च शतप्रतिशतले वृद्धि गरेको बताएका छन् ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै उनले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वंयसेवीकालाई दिँदै आईएको यातायात खर्चमा शतप्रतिशत वृद्धि गरी १२ हजार पु¥याएको उनले बताए ।

यस्तै, काठमाडौं उपत्यकामा ३ सय शैय्याको र सबै प्रदेशमा ५० शैय्याको सरुवारोग अस्पताल निर्माण गर्न १ अर्ब ३० करोड विनियोजन गरेको उनले बताए ।

त्यसैगरि, सरकारले स्नातक तह उत्तीर्ण विद्यार्थीलाई प्रमाण पत्र धितो राखी पाँच प्रतिशत व्याजदर कम २५ लाखसम्म सौलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्य जारी गर्दै विद्यार्थीहरुलाई सौलियत कर्जा उपलब्ध गराउने जनाएका हुन् ।

त्यस्तै, सामुदायिक विद्यालय र क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई प्रति विद्यार्थी ल्यापटप खरिद गर्न ८० हजार रुपियाँ एक प्रतिशत ब्याज दरमा दुई वर्षका लागि ऋण उपलब्ध गराउने समेत अर्थ मन्त्री पौडेलले बताए ।

 

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारले के के सहुलियत र सुबिधा दियो ?

Sat May 29 , 2021
जेठ १५, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ५० अर्ब रुपैयाँको व्यावसायिक कर्जालाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने बताएका छन् । आर्थिक वर्ष २०७८ /७९ को बजेट प्रस्तुत गर्दै आज शनिबार अर्थमन्त्री पौडेलले ५ प्रतिशत ब्याजदरमा उपलब्ध हुने पुनकर्जा सुविधा पनि निरन्तर हुने बताएका हुन् । त्यस्तै सहुलियतपूर्ण पुनकर्जा कार्यक्रम […]