राष्ट्रपति भण्डारीद्वारा सरकार गठनका लागि गरिएका दुबै दाबी खारेज

जेठ ७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गरेकी छन् ।

संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ताको दाबी नपुग्ने देखिएको भन्दै राष्ट्रपति भण्डारीले दुबै दाबीकर्ताको दाबी खारेज गरेकी हुन् ।

शुक्रबार राती राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुबै माननीय सदस्यहरुको दाबी नपुग्ने देखिएकाले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन ।’

दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न पाउँ भनि सांसदको हस्ताक्षर सहित दावी प्रस्तुत गरेका थिए ।

 

 

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मध्यरातमा आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक

Sat May 22 , 2021
  जेठ ८, काठमाडौं । अहिले रातको १२ बजेर २५ मिनेट गएको छ । तर अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठक चलिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बैठक भइरहेको स्रोतले जानकारी दियो । शुक्रबार साँझ ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा […]