लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्धारा राजीनामा

बैशाख १९, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आफूमाथि परेको अविश्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन आज आइतबार बिहान उनले राजीनामा दिएका हुन् ।

नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उदेश्यले पोखरेलले राजीनामा दिएको बुझिएको छ । पोखरेलले दिएको राजनीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिसकेका छन् । अर्को सरकार नबन्दासम्म पोखरेललाई नै मुख्यमन्त्रीको कार्यभार सम्हाल्न प्रदेश प्रमुखले जिम्मेवारी तोकेका छन् ।

लुम्बिनी सभामा आइतबार अविश्वासको प्रस्ताव संसद् बैठकमा प्रस्तुत हुने र सोमबार टुंग्याउने गरी तयारी थियो । शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशनको एजेन्डामा छलफल भएको थियो ।
                                                            शंकर पोखरेलले दिएको राजीनामा स्वीकृतपत्र ।

सेयर गर्नुहोस्
  • 51
  •  
  •  
  •  
  •  
  •  
    51
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शंकर पोखरेलले किन दिए राजीनामा ?

Sun May 2 , 2021
बैशाख १९, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अबिस्वासको प्रस्ताव आउनु अगावै किन दिए राजीनामा भन्ने सर्बत्र चासो छाएको छ । आज आइतबार उनले दिएको राजीनामा एक्कासी नभई योजनाबद्ध भएको उनि निकट स्रोतले बतायो । उनले राजीनामा दिनुको अर्थ प्रदेश सरकार छोड्नु भने होइन । उनले पार्टी भित्रको सल्लाह […]