विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

बैशाख २०, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनको लागि वैशाख २७ गते सोमबार अपरान्ह १ बजे बैठक आह्वान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञिप्तमा जनाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बिश्वासको मत लिने प्रयोजनका लागि बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउने निर्णय गरेको थियो । बैठकको निर्णयलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेटन शीतलनिवास गएका थिए ।

प्रधानमन्त्री ओलीले निर्णयसहितको सिफारिश गरेपछि राष्ट्रपति भण्डारीले बिश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक आह्वान भएको राष्ट्रपति कार्यालयले जनायो ।

सेयर गर्नुहोस्
  • 39
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल बायुसेवा निगमको नेतृत्वको सफलता : मर्मतमा लाग्ने सवा अर्व खर्च जोगाएर यसरी भयो निशुल्क

Mon May 3 , 2021
बैशाख २०, काठमाडौं । नेपाल बायुसेवा निगमले खर्च लागत निकालेको वाइडबडीको मर्मत निशुल्क गराएको छ । निगम ब्यवस्थापन नेतृत्वको मितव्ययीता निर्णय अनुसार मर्मत खर्चमा लाग्ने सवा अर्ब जोगिन सफल भएको हो । हेभी ल्याण्डिङको क्रममा बिग्रिएको वाइडबडी जहाजको मर्मत खर्च निगमले तिर्न नपर्नेगरि काम सफल भएको छ । कर्मचारीको लापर्वाहीका […]