शंकर पोखरेलले किन दिए राजीनामा ?

बैशाख १९, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अबिस्वासको प्रस्ताव आउनु अगावै किन दिए राजीनामा भन्ने सर्बत्र चासो छाएको छ । आज आइतबार उनले दिएको राजीनामा एक्कासी नभई योजनाबद्ध भएको उनि निकट स्रोतले बतायो । उनले राजीनामा दिनुको अर्थ प्रदेश सरकार छोड्नु भने होइन ।

उनले पार्टी भित्रको सल्लाह अनुसार, आफ्नो पार्टीको एकल सरकार बनाउनु हो । अहिले संयुक्त सरकार थियो । अब एमालेको एकल सरकार बनाउनका लागि पोखरेलले राजीनामा दिएको पार्टी स्रोतले जानकारी दियो ।

उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन हुनुपर्ने दाबीका साथ नयाँ गणितीय अभ्यासमा जुटेका हुन् । दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा माओवादी केन्द्रसमेतको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनीविरुद्ध एमाले, कांग्रेस र जसपाले वैशाख ६ गते अविश्वास प्रस्ताव दर्ता गराएका छन् । सो प्रस्तावमा छलफलका लागि बोलाइएको विशेष अधिवेशन आजबाट सुरु हुँदै छ । तर मुख्यमन्त्री पोखरेलको राजीनामा आएपछि सत्ता समीकरणको खेल फेरिएको छ ।

अब एमालेले एकल सरकार बनाउन सजिलो देखिएको छ । किनकी, ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई र जनता समाजवादी पार्टी (जसपा)का चार जना पदमुक्त भएकाले ८१ सदस्यीय भएको छ । जसमा पोखरेलको पार्टी नेकपा एमालेका ४१ सांसद छन् । एमालेलाई बहुमतका लागि चाहिने संख्या पनि ४१ नै हो । त्यसैले एमालेले एकल बहुमतको सरकार गठनमा दाबी गरेको छ ।

विपक्षीहरुसँग सभामुखसहित ३९ मत छ । राष्ट्रिय जनमोर्चाका एक सांसदले पनि अविश्वासको प्रस्तावलाई समर्थन गर्दा ४० मत हुने र एमाले सांसदले फ्लोर क्रस गर्दा पोखरेल नेतृत्वको सरकार ढल्ने विश्लेषणसहित विपक्षीहरुले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । किनकी एमालेका ४१ सांसदहरुमध्ये माधव नेपाल पक्षका दुई जना सांसदहरु मुख्यमन्त्री पोखरेलको विरोधमा खुलेर लागेका थिए ।

विशेष अधिवेशनमा अविश्वास प्रस्तावमाथि मतदानको क्रममा फ्लोर क्रस हुँदा सरकार ढल्ने भएकाले पोखरेलले त्यस अगाडि नै राजीनामा दिएर नयाँ सरकार गठनको प्रयास थालेको उनी निकट नेताहरु बताउँछन् । पोखरेलको यो प्रयासले लुम्बिनी प्रदेशमा एमालेको झन बलियो सरकार निर्माण हुने अबस्था आएको छ ।

सेयर गर्नुहोस्
  • 79
  •  
  •  
  •  
  •  
  •  
    79
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइतवार सुनको मुल्यमा १ सयले वृद्दि

Sun May 2 , 2021
बैशाख १९ , काठमाडौँ । आइतवार सुनको मुल्यमा १ सयले वृद्दि भएको छ । शुक्रवार प्रतितोला ८९ हजार ९सयमा कारोवार भएको सुनको मुल्य आइतवार प्रतितोला ९० हजारमा कारोवार भइरहेको छ । आइतवार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ५ सयमा कारोवार भएको छ। आइतवार चाँदीको मुल्यमा कुनै पनि परिवर्तन आएको […]