शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त

बैशाख १९, काठमाडौँ । नेकपा एमालेका नेता शंकर पोखरेल आज आइतबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् ।
प्रदेश प्रमुख धर्मनाथ यादवले नेता पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेस गरेको आधारमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् ।

सेयर गर्नुहोस्
  • 31
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निषेधाज्ञा झन कडा, ५ हजार २ सय सुरक्षाकर्मी परिचालन

Sun May 2 , 2021
बैशाख १९, काठमाडौं । आइतबारदेखि काठमाडौँ उपत्यकामा लागू गरिएको निषेधाज्ञामा थप कडाइ गरिएको छ । यसका लागि ५ हजार २ सय प्रहरी परिचालन गरिएको छ भने उपत्यकाभर १ सय ५१ वटा होल्डिङ सेन्टर बनाइएका छन् । त्यस्तै, स्पेशल चेक प्वाइन्ट ५६ स्थानमा कोन राखेर चेकजाँच गरिएको छ । त्यसबारे वृत […]