सबैको लघुवित्तको सिइओमा केशव पौडेल पुनः नियुक्त

बैशाख २५, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा केशव कुमार पौडेल पुनः नियुक्त भएका छन् ।
शुक्रबार विहान वसेको वित्तीय संस्थाको सचालक समितिको ८६ औ बैठकले जेठ १ गतेबाट लागू हुने गरी थप ४ वर्ष (दोश्रो कार्यकाल) का लागि पौडेललाई सिइओमा नियुक्त गरेको हो ।

२०४९ सालमा निर्धन लघुवित्त वित्तीय संस्थाबाट सेवा प्रवेश गरेका पौडेलसँग विभिन्न लघुवित्त वित्तीय संस्थामा सिइओको रुपमा कार्य गरेको अनुभव छ ।

तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था २०७४ बैशाख २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भई २०७४ असार २५ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तर कार्यक्षेत्रमा वित्तीय कारोवार सञ्चालन गर्न “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको हो ।

२०७४ असार ३० गतेबाट विधिवत रुपमा सञ्चालनमा आएको हो। कम्पनीले ०७८ चैत मसान्तसम्म ७ वटै प्रदेशका ३७ जिल्लाहरुमा ६९ शाखा कार्यालय, ४ अनुगमन मुकाम र केन्द्रीय कार्यालय गरी ७४ वटा कार्यालयहरुको संजाल बिस्तार गरेको छ ।
सोही अवधि सम्ममा करिब ५० हजार घरधुरीमा सेवा विस्तार गरेको छ । संस्थाको लगानीमा रहिरहेको कर्जा ३ अर्ब १४ करोड ६४ लाख रहेको छ भने बचतमा ८१ करोड ८९ लाख रहेको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संबैधानिक परिषद बैठकमा देउवा सहभागी नहुने

Sat May 8 , 2021
बैशाख २५, काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट पारेका छन् । देउवाले आज शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारले संविधानको मूल मर्म विपरीत संवैधानिक संरचनालाई नै भत्काउने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको आरोप लगाउँदै बैठकमा भाग नलिने बताएका […]