सरकारले ४५ जिल्लामा निषेधाज्ञा लगायो

बैशाख २१, काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ ।

मन्त्रालयका अनुसार सोमबार महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले गरेका छन् ।

यो सँगै निषेधाज्ञा लागू गरिएका जिल्लाको संख्या ४५ पुगेको हो । महोत्तरीमा २२ गते बुधबार साँझ ६ बजेदेखि ३१ गते राती १२ बजेसम्म, डोल्पा र डोटीमा भोलि मंगलबार राति १२ बजेदेखि ३१ गते राती १२ बजेसम्म र नवलपरासी पूर्वमा पनि भोलि २१ गते मंगलबार राती १२ बजेदेखि जेठ ४ गते राती १२ बजेसम्म लागू हुनेछ ।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ४५ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा मात्र आंशिक, बाँकी ३६ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको छ ।

गत १३ वैशाखको मन्त्रीपरिषद बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो ।
हाल नेपालका ३३ जिल्लामा कोरोना संक्रमण अवस्था बढ्दो रुपमा देखिएको छ ।

जसमध्ये १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् भने अन्य २१ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली संक्रिय संक्रमितको संख्या ५०० भन्द बढी छ ।

यसैगरी १९ वटा जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जसमा सुनसरी, झापा, बारा, धनुषा, रौतहट, महोत्तरी, मकवानपुर, काभ्रे, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, गोरखा, नवलपरासी (पूर्व), बाग्लुङ, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, अर्घाखाँची, कञ्चनपुर र बैतडी रहेका छन् ।
                                                                 यस्तो छ सूची—–

सेयर गर्नुहोस्
  • 34
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आजको बिदेशी मुद्राको विनिमय दर कुन कति ?

Tue May 4 , 2021
बैशाख २१, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ २० पैसा र बिक्रीदर १४२ रुपैयाँ ९२ पैसा रहेको […]