आसन्न महाधिबेशनमा सभापति पदमा उठ्ने देउवाको तयारी

असार ६, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ १६ गतेदेखि हुने महाधिबेशनमा पुनः सभापति पदमा उठ्ने तयारी थालेका छन् ।

आज आईतबार गण्डकी र बागमती प्रदेशका नेताहरुहरुलाई बोलाएर देउवाले आँफु सभापति पदमा उठ्ने जानकारी गराएका थिए ।
काँग्रेस सभापति देउवाले बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग आइतबार बूढानीलकण्ठमा आन्तरिक छलफल गरेका थिए । १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिन लागेका देउवाले आफू निकट दुई दर्जन केन्द्रीय सदस्यसँग छलफल गरेका हुन् ।

आगामी भदौ १६–१९ मा हुने महाधिवेशनबाट फेरि सभापतिमा दोहोरिने रणनीतिका साथ देउवाले आन्तरिक छलफललाई तीव्रता दिएका छन् । यसक्रममा उनले शनिबार प्रदेश १ र २ का नेताहरुसँग बेग्लाबेग्लै छलफल गरेका थिए ।

आइतबारको छलफलमा बागमती प्रदेशबाट सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य डिना उपाध्याय, बहादुरसिंह लामा, श्याम घिमिरे, मोहनबहादुर बस्नेत, अम्बिका बस्नेत, शिव हुमागाईं, विश्वविक्रम थापा, किरण गिरीलगायत सहभागी थिए ।

यस्तै, गण्डकी प्रदेशबाट चीनकाजी श्रेष्ठ, शंकर भण्डारी, सुरेन्द्र पाण्डे, भूमिबहादुर (विश्व) गुरुङ, ध्रुव वाग्ले, दयाराम पाण्डेलगायत सहभागी थिए ।

देउवाले समर्थन गरे सभापतिमा उठ्ने आकांक्षा देखाउँदै आएका नेता गोपालमान श्रेष्ठ भने छलफलमा गएनन् । यस्तै, कोरोना संक्रमति गोविन्द भट्टराई र कुमार खड्का पोखरामा रहेका छलफलमा सहभागी हुन सकेनन् ।

आइतबारको छलफलमा देउवा वर्तमान राजनीति परिस्थिति, ०७४ सालको निर्वाचनको विश्लेषण, आगामी चुनावमा पार्टीलाई बहुमत दिलाएर विश्राम लिने बताएका थिए । उनले पार्टीको विधानअनुसार दुई कार्यकाल सभापति हुन पाउने प्रावधान रहेकाले अब एक कार्यकाल दोहोर्याउने प्रस्ताव राखेका थिए ।

देउवाले १४ औं महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिने विषयमा आफ्नो समूहका नेताहरुसंगको छलफललाई तीव्रता दिइरहेका छन् ।
अघिल्लो महाधिवेशनमा देउवाले रामचन्द्र पौडेल र सिटौलालाई सभापतिमा पराजित गरेका थिए । पहिलो चरणमा नतिजा ननिस्किएपछि दोस्रो चरणमा सिटौला समूहले देउवालाई सहयोग गरेको थियो । आसन्न महाधिवेशनमा भने सिटौला समूहलाई पहिले नै सहमत गराउनुपर्ने देउवा पक्षको निष्कर्ष छ ।

महाधिवेशन कार्यतालिका पारित भएलगत्तै सभापति देउवाले आफ्नो सक्रियता बढाइरहँदा देउवाइतर पक्ष भने खास तरंगित देखिदैन । देउवाइतर पक्षमा सभापतिका आकांक्षी धेरै भएका कारण पनि अलमल बढेको देखिन्छ । देउवा इतर पक्षका पौडेल, सिटौलाहरुले कसरी आँफुहरुलाई अगाडी सार्ने हुन्, त्यो हेर्न बाँकी छ ।

 

 

सेयर गर्नुहोस्
  • 967
  •  
  •  
  •  
  •  
  •  
    967
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

के छ आज बिदेशी मुद्राको विनिमय दर ?

Mon Jun 21 , 2021
असार ७, काठमाडौं । आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४० रुपैयाँ ५४ […]