एन आइ सी एशिया बैंकद्वारा डेबिट कार्ड बनाउन अनलाइन सुबिधा

 

असार ६, काठमाडौं ।एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको बैकले जनाएको छ । यस सुविधामार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको i serve डिजिटल प्लेटफर्म (iservenicasiabank.com) मार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्ने बैकले जनाएको छ ।

बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBANK) मार्फत i serve भित्र रहेको Card service  मा ट्याप गरी ‘डेबिट कार्ड रिप्लेसमेन्ट ’ मार्फत हराए वा बिग्रिएको कार्डको सट्टा नयाँ कार्डको लागि अनुरोध गर्न सकिने व्यवस्था बैंकले गरेको छ । यसका लागि ग्राहक महानुभावले ‘डेबिट कार्ड रिप्लेसमेन्ट’ मा ट्याप गरी आफ्नो नाम, खाता नम्बर र मोबाइल नम्बर उल्लेख गर्नुपर्ने  र त्यस लगत्तै आफ्नो बैंकमा दर्ता रहेको मोबाइल नम्बरमा ग्राहक महानुभावले प्राप्त गर्नुभएको OTP राखेर भेरिफिकेसन गर्नुपर्ने बैंकको भनाइ छ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आंशिक रुपमा खुल्ने भो निषेधाज्ञा, जोर बिजोरका आधारमा सवारी चलाउन पाइने

Sun Jun 20 , 2021
असार ६, काठमाडौं । बैशाख १६ गतेदेखि लगाईएको निषेधाज्ञा पर्सी मंगलबारदेखि खुकुलो हुने भएको छ । यद्यपी निषेधाज्ञा पुरै खुल्ने भने छैन । उपत्यकाका तिनवटै प्रजिअहरुको आज आइतबारको निर्णयले अझै एक साता निषेधाज्ञाको स्वरुप भने कायमै हुनेछ । तर, मंगलबारदेखि धेरै प्रकारका क्षेत्रमा खुकुलो बनाइएको छ । अब बारका आधारमा […]