गण्डकीका मुख्यमन्त्रीले बिश्वासको मत पाए

असार ४, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् ।
शुक्रबार प्रदेशसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको मतदानमा पोखरेलले विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् ।

सभामुख नेत्रनाथ अधिकारीले मतदानमा सहभागी ५८ जनामध्ये विश्वासको मतको प्रस्तावको पक्षमा ३१ मत र विपक्षमा २७ मत परेको घोषणा गरे । उनले ‍उक्त मत हाल कायम रहेको सदस्य संख्याको बहुमत भएकाले प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पोखरेलले नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र गरी ३१ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

मुख्यमन्त्री पोखरेल संविधानको धारा १६८ (५) बमोजिम जेठ २९ गते नियुक्त भएका हुन् । उनले ४ जनालाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार नियुक्त संयुक्त सरकारको मुख्यमन्त्री, उपधारा (३) अनुसार नियुक्त अल्पमतको मुख्यमन्त्री र उपधारा (५) अनुसार विश्वासको मत प्राप्त गर्ने आधार पेश गरी नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

यसअघि मुख्यमन्त्री पोखरेलले राजनीतिक स्थिरता, प्रदेशसभाको स्थायित्व र निरन्तरताका लागि आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसँग आग्रह गरेका थिए ।

मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा पेस गरेको विश्वासको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रदेशसभा सदस्यहरु पाँच वर्षसम्म प्रदेशसभामै रहेर सेवा गरुन् भनेर जनताले पठाएको र जनताको त्यो भावनाको सम्मानका लागि पनि प्रदेशसभाले स्थायित्व पाउनुपर्ने बताएका थिए ।

आफू नेतृत्वको सरकार प्रदेशसभाको स्थायित्वको पक्षमा गठन भएको भन्दै उनले सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए । पोखरेललाई माधब नेपाल पक्षको पनि साथ छ ।

 

 

सेयर गर्नुहोस्
  • 792
  •  
  •  
  •  
  •  
  •  
    792
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हेलम्बुको प्रहरी चौकी बगायो, तामाकोशी नदीमा बाढीको जोखिम

Sat Jun 19 , 2021
असार ५, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा हिजो शुक्रबार राती बाढी आउँदा इलाका प्रहरी कार्यालय भवन बगाएको छ । गत मंगलबार आएको बाढीले जोखिममा परेका ती भवनहरू शुक्रबार राति आएको बाढीले बगाएको हो । बाढी आउँदा बस्तीमा पस्ने र कम हुँदा खेतियोग्य जमिन कटान हुने क्रम बढेको स्थानीयले बताएका छन् […]