निर्वाचन आयोगमा तिन दलका नेताहरुको छलफल

असार ४, काठमाडौं । निर्वाचन आयोगमा आज शुक्रबार एमाले, माओवादी र जसपाका नेताहरु पुगेर छलफल गरेका छन् । तिनै दलहरु भित्रको आन्तरिक बिवादमा छलफल भएको निर्वाचन आयोग स्रोतले जनायो ।

माओवादी छोडेर एमाले बनेका नेता र माओवादीकै नेताहरु पुगेको लगत्तै जसपाका उपेन्द्र यादव र उनी पक्षधर नेताहरु पनि निर्वाचन आयोगमा पुगेका थिए । महन्थ ठाकुर पक्षलाई गरेको कारवाही अनुमोदन नगरेकोमा यादव पक्ष आयोगसँग चिढिएको छ ।

माओवादी पृष्ठभूमिका एमाले नेताहरुले निर्वाचन आयोग पुगेर आसन्न निर्वाचनबारे आयोग पदाधिकारीसँग छलफल गरेलगत्तै माओवादी नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

माओवादी नेताहरुले स्थानीय तहमा आफ्नो पार्टी छोडेकाहरूलाई दल त्याग गरेको सूचना प्रकाशित गर्न आयोगलाई ध्यानाकर्षण गराउन आयोग गएका हुन् भने एमाले नेताहरु आगामी निर्वाचनका सम्बन्धमा बुझ्न आयोग पुगेका हुन् ।

माओवादी छाडेर एमाले बनेका पूर्वमन्त्री समेत रहेका टोपबहादुर रायमाझी र प्रभु शाह आयोग पुगेर आयोग पदाधिकारीसँग छलफल गरेका हुन् । उनीहरु आयोगबाट निस्के लगत्तै माओवादी केन्द्रका नेता लीलामणि पोखरेल र दिनानाथ शर्मा लगायतको टोली पनि पनि निर्वाचन आयोग पुगेर आयोग पदाधिकारीसँग छलफल गरेका छन् ।

माओवादी केन्द्रका नेताहरूसँगको कुराकानीमा आयोगका पदाधिकारीहरुले आयोगको निर्वाचन नियमावलीमा केन्द्रीय समितिले निर्णय गर्नुपर्ने छ भनिएकाले सोही अनुसार गर्न सुझाव दिएका छन् । तर माओवादी केन्द्रले त्यसको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएकाले सोही अनुसार गर्न माग गरेका थिए ।

 

 

 

सेयर गर्नुहोस्
  • 172
  •  
  •  
  •  
  •  
  •  
    172
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेलम्ची र हेलम्बुका बाढीपीडितलाई सरकारको सहयोग

Fri Jun 18 , 2021
असार ४, काठमाडौँ । सिन्धुपाल्चोक स्थित मेलम्ची र हेलम्बुका बाढीपीडितलाई सरकारले सहयोग गरेको छ । सरकारले बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर र ग्यास चुलो सहयोग दिएको हो । नेपाल आयल निगमले पीडितलाई एक–एक थान ग्यास सिलिन्डर र चुलो सहयोग गरेको जानकारी दिएको छ । सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको अनुरोधमा सहयोग गरेको […]