नेप्से बुधवार ५२ दशमलव ४१ अंकले गिरावट

असार २, काठमाडौं ।शेयर बजार परिसुचक नेप्से बुधवार ५२ दशमलव ४१ अंकले बढेर नेप्से परिसूचक अंकले घटेर २ हजार ९६९ दशमलव ६९ पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८ दशमलव ५६अंकले घटेर  ५ सय ४१ दशमलव ७०  पुगेको छ ।

बुधवार सर्वाधिक रकमको कारोबारको हिस्सा अनेपाल पुनर्बीमा कम्पनी र  हिमालयन डिष्टिलरीकोले ओगटेको छ । नेपाल पुनर्बीमाको रू. ६० करोड ९० लाख १२ हजार बराबरको र हिमालयन डिष्टिलरीको रू. ५५ करोड ५७ लाख ५३ हजार बराबरको शेयर कारोबार भएको हो ।बुधवार रू. १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ । २१९ ओटा कम्पनीको १ लाख ६७ हजार ९३८ पटकको व्यापारमा उक्त रकम बराबरको २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता शेयर कारोबार भएको हो ।

बुधवार बैंकिङ्गको शून्य दशमलव ४७ प्रतिशत, व्यापारिकको २ दशमलव ५४ प्रतिशत, विकास बैंकको ४ दशमलव शून्य ४ प्रतिशतले परिसूचक घटेको छ ।निर्जीवन बीमाको २ दशमलव ६ प्रतिशत,जलविद्युतको ४ दशमलव ७५ प्रतिशत,जीवन बीमाको २ दशमलव १८ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव १८ प्रतिशत र लगानी समूहको २ दशमलव ५४ प्रतिशतले परिसूचक घटेको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धितोपत्र बोर्डको सुचनाले ५१ वटा कम्पनीमा नकारात्मक असर

Wed Jun 16 , 2021
असार २, काठमाडौं । मंगलवार नेपाल धितोपत्र बोर्डले ५१ ओटा कम्पनीहरुमा गरिएको लगानी जोखियुक्त भन्दै प्रेस विज्ञप्ति जारी गरेसँगै बुधवार आत्तिएर शेयर विक्री गर्नेहरु सक्रिय हुँदा बजारमा नकारात्मक असर परेको छ । धितोपत्र बोर्डले मंगलवार सार्वजनिक गरेको ५१ ओटा कम्पनीहरु भित्रकै कम्पनीहरुको शेयरमूल्यमा बुधवार नकारात्मक सर्किट लागेको हो । नियामकको […]