मेलम्ची र हेलम्बुका बाढीपीडितलाई सरकारको सहयोग

असार ४, काठमाडौँ । सिन्धुपाल्चोक स्थित मेलम्ची र हेलम्बुका बाढीपीडितलाई सरकारले सहयोग गरेको छ । सरकारले बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर र ग्यास चुलो सहयोग दिएको हो ।

नेपाल आयल निगमले पीडितलाई एक–एक थान ग्यास सिलिन्डर र चुलो सहयोग गरेको जानकारी दिएको छ । सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको अनुरोधमा सहयोग गरेको निगमले जानकारी दिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं नेपाल आयल निगम सञ्‍चालक समितिका अध्यक्ष दिनेश भट्टराई, निगमका पदाधिकारी र ट्रेड युनियनका पदाधिकारीहरूले राहत हस्तान्तरण गरेका थिए ।

निगमले एक–एक थान सिलिन्डर, ३० वटा चुलो र केही खाद्यान्न सामग्री सहयोग गरेको जानकारी दिएको छ । गत मंगलबारको बाढीले मेलम्ची र हेलम्बुका बासिन्दाको बिजोग भएको छ । त्यहाँ ठुलो जनधनको क्षति भएको छ । अझै केहि व्यक्ति बेपत्ता छन् ।

 

 

सेयर गर्नुहोस्
  • 86
  •  
  •  
  •  
  •  
  •  
    86
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गण्डकीका मुख्यमन्त्रीले बिश्वासको मत पाए

Fri Jun 18 , 2021
असार ४, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको मतदानमा पोखरेलले विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् । सभामुख नेत्रनाथ अधिकारीले मतदानमा सहभागी ५८ जनामध्ये विश्वासको मतको प्रस्तावको पक्षमा ३१ मत र विपक्षमा २७ मत परेको […]