लक्ष्मी बैंकको युरो कप योजना

 

असार १, काठमाण्डौ । लक्ष्मी बैंकले एफ–वान सफ्ट सँग मिली ‘predict and win’ क्याम्पेन ल्याएको छ । क्याम्पेन युरो कप २०२१ सुरु भएको दिन जुन ११ देखी सुरु भई अन्तिम दिन जुलाई ११ सम्म जारी रहने बैकले जनाएको छ ।

यस क्याम्पेनमा ५ जना भाग्यशाली विजेताहरुले ५० एम.बि.पि.एस को १ वर्ष अवधिको ईन्टरनेट Subscription निःशुल्क पाउन सक्ने बैकले बताएको हो ।  क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाईल मनी सेवा सुचारु गरेको  र मोबाईल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्स्फर गरी यसमा सहभागी हुन सक्ने बैकले जनाएको छ ।

क्यम्पेनको अवधि पछी युरो कप विजेता देशको सही अनुमान गर्नुहुने ग्राहकहरु मध्येबाट लक्की ड्र मार्फत ५ जनालाई विजेता घोषणा गरिने र विजेता ग्राहकहरुले १ वर्षको ईन्टरनेट सब्स्क्रिप्सन निशुल्क पाउने बैकले बताएको हो ।

 

 

सेयर गर्नुहोस्
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज युरोकपमा पोर्चुगल र हंगेरी अनि फ्रान्स र जर्मनीको भिडन्त हुने

Tue Jun 15 , 2021
असार १, काठमाडौं । युरोकपमा नेपाल समयअनुसार ९ बजेर ४५ मिनेट जाँदा पोर्चुगल र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल हंगेरीको बुडापेस्टस्थित रंगशालामा हुनेछ । पोर्चुगल युरोकपको डिफेन्डिङ च्याम्पियन हो । त्यसैले आजको खेलमा उसको स्पष्ट लक्ष्य जित नै हुनेछ । फेरि, यो समूह सहज पनि छैन । यसपछि जर्मनी […]