समीम, जस्ले ओलीसंग महन्थ ठाकुरको सम्बन्धलाई नजिक बनाइदिए

जेठ १९, काठमाडौं । राजनीतिमा मध्यस्थकर्ताका कारण ठुला ठुला बैमनस्यता र टकराव सहमतिमा रुपन्तरण भएका उदाहरणहरु छन् । त्यस्ता पात्रले निभाएको भुमिकाले गर्दा दुईतिर मुख फर्काएका व्यक्तिलाई एउटै बाटोमा हिंडाउन मद्धत पुग्ने गर्छ । राजनीतिमा कुनै पनि व्यक्ति स्थायी शत्रु वा मित्र नहुने भनाई नेपालको परिप्रेक्ष्यमा हुवहु मिल्ने गरेका कतिपय राजनीति नजिर पनि स्थापित छन् । यसै बारेमा ओली र महन्थ बिच नजिकिएको सम्बन्धका बारेमा चर्चा गरौं ।

नेकपाका अध्यक्ष केपी शर्मा ओलीको मधेश सम्बन्ध ०७४ सालको चुनावतिर केहि न केहि बिग्रेको चर्चा चलेको थियो । तर, त्यो बढेको दुरी सधैं कायम रहेन । अहिले ओली मधेशदेखि हिमालसम्म सबैका प्यारा बन्दै गएका छन् । यसमा केहि व्यक्तिले ठुलो भुमिका निर्वाह गरेका छन् । ति मध्येका एक हुन्, समीम मियाँ अन्सारी । उनि मुस्लिम आयोगका अध्यक्ष पनि हुन् ।

अन्सारीले ओलीको तराई–मधेश सम्बन्धमा नजिक बनाउने काम मात्र गरेनन्, बिपक्षी दल जनता समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई ओलीसंग मिलाउन महत्वपुर्ण भुमिका खेले । अन्सारीकै कारण अहिले ओलीसंग ठाकुर राजनीति रुपमा बिशेष रुपले नजिक छन् । आफ्नै पार्टीका अर्का नेता बाबुराम भट्टराईसंग टाढिंदै गएका ठाकुर कसरी ओलीसंग नजिक बन्न पुगे भन्ने बारेमा धेरैलाई जिज्ञासा लागेको हुन सक्छ ।
पछिल्लो पटक राजेन्द्र महतोदेखि सिके राउतसम्मले नेपालको मुल राजनीतिमा मिसिन पुग्नुमा ओलीको ठुलो मिहिनेत छ । कुनै बेलाको अशान्त तराई–मधेश अहिले शान्त बन्दै गएको छ । प्रधानमन्त्री ओलीको सन्तुलनकारी भुमिका र मधेशका जनतासंग खास सम्बन्ध भएका कारण तराई शान्त बन्दै गएको यथार्थ हाम्रा सामु छ । यसमा अन्सारीले मुख्य एक पात्रको भुमिका मात्र निभाएनन्, ओलीको ‘मधेश पिरती’लाई झन कसिलो बनाइदिए ।

भारतको मुल राजनीतिसंग खास सम्बन्ध भएका अन्सारीले तराईका क्षेत्रीय दलहरुसंग उस्तै समन्वयात्मक भुमिका खेल्दै गए । त्यसपछि महन्थ ठाकुरको चाहनालाई ओलीसंग मुद्धाका आधारमा नजिक बनाउने प्रयत्न थाले । आज महन्थ ठाकुर ओलीसंग नजिक मात्र होइन, सत्ताको जोडघटाउमा काँधमा काँध मिलाइरहेका छन् । अझै पनि ठाकुर पक्ष सत्तामा गएको छैन । सत्तामा जाने चर्चा मात्र छ । तर, पनि दिन प्रतिदिन ठाकुरको ओली मोह घनिभुत बन्दै गएको छ । यसका खास, ‘एम्पायर’ पर्दा भित्रका हिरो हुन्, समीम मियाँ अन्सारी । फलस्वरुप अहिले एमाले अध्यक्ष ओलीलाई तराई मधेशमा आफ्नो राजनीति बिस्तार गर्न निकै सहज बन्दै गएको छ । यसमा समीमको भुमिका र महन्थको ओलीसंग नजिकको सम्बन्धले सहजता प्रदान गरेको हो ।

सेयर गर्नुहोस्
  • 867
  •  
  •  
  •  
  •  
  •  
    867
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विहीवार यस्तो छ तरकारीको मुल्य

Thu Jun 3 , 2021
  जेष्ठ २० , काठमाडौ ।विहीवार काठमाण्डौमा आलु (रातो) को  मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । बुधवार प्रतिकेजी ४७ रुपैया ५० पैसामा कारोवार भएको आलु (रातो) को मुल्य विहीवार पनि प्रतिकेजी ४७ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।  विहीवार काउली (स्थानिय)को मुल्यमा २ रुपैया ५० पैसाले गिरावट आएको […]