सर्बोच्च अदालतले प्रतिनिधीसभा विघटन बिरुद्धमा आदेश दिन अस्वीकार, अब इजलास असार ९ गते मात्र

जेठ २६, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबारको संवैधानिक इजलासले निवेदककर्ताको बहसपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चले राष्ट्रपति र प्रधानमन्त्रीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । इजलासले असार ९ गतेदेखि निरन्तर सुनुवाइ जारी राख्ने जनाएको छ ।
सर्वोच्चमा विषय केन्द्रित मुद्दामा बुधबार मात्र नियमित सुनुवाइ शुरू भएको हो । यसअघि झण्डै दुई साता इजलास गठनको विवादमै अल्झिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते राति प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसविरुद्ध विपक्षी गठबन्धनमा आबद्ध पाँच दलले संसद पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै रिट दायर गरेका थिए । संसद विघटनविरुद्ध सर्वोच्चमा ३० वटा रिट परेका छन् । ओली सरकार अझै केहि दिन लम्बिएको छ ।

 

 

सेयर गर्नुहोस्
  • 101
  •  
  •  
  •  
  •  
  •  
    101
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विहीवार यस्तो छ तरकारीको मुल्य

Thu Jun 10 , 2021
जेष्ठ २७ , काठमाडौ ।विहीवार काठमाण्डौमा आलु (रातो) को  मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । बुधवार  प्रतिकेजी ४२ रुपैया ५० पैसामा कारोवार भएको आलु (रातो) को मुल्य विहीवार पनि प्रतिकेजी ४२ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।  विहीवार काउली (स्थानिय)को मुल्यमा पनि कुनै पनि परिवर्तन आएको छैन । […]