अब नेपालमा अमेरिकी खोप, १५ लाख डोज कोरोना बिरुद्धको खोप नेपाल आइपुग्यो

असार २८, काठमाडौं । अमेरिकाले नेपाललाई १५ लाख डोज खोप दिएको छ । आज सोमबार बिहान अमेरिकाले पठाएको कोरोना बिरुद्धको खोप काठमाडौं आइपुगेको हो ।

यो खोप एक डोज मात्र लगाए हुनेछ । जोनसन एण्ड जोनसनको यो खोप प्रभावकारी मानिएको छ । कतार एयरवेजको नियमित उडान मार्फत ल्याइएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत ¥याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

अमेरिकी सरकारले उपहार स्वरुप दिएको खोप नेपाली नागरिकको जीवन रक्षाका लागि बरदान सावित हुने मन्त्री श्रेष्ठले बताए । प्राप्त भएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको भन्दै उनले छिट्टै खोप अभियान चलाउने जानकारी दिए ।

अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय गरेको थियो । अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप लिएर कतार एयरको जहाज बिहान ९ बजेर ४५ मिनेटमा काठमाडौं आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देव चन्द्रलाल कर्णले जानकारी दिए ।

त्रिभुवन विमानस्थलमा नेपालका लागि अमेरिकी राजदूत बेरीले पत्रकार सम्मेलन गरेर स्वास्थ्य मन्त्री श्रेष्ठलाई खोप हस्तान्तरण गरे ।
अमेरिकामा जोन्सन एण्ड जोन्सन कम्पनीले विकास गरेको यो खोप एक मात्रा लगाए पुग्ने भनिएको छ ।

नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले अमेरिकी जनताको सहयोगमा नेपालको लागि उपहार दिइएको जोन्सन एन्ड जोन्सन कम्पनीका पन्ध्र लाख चौंतीस हजार आठ सय पचास डोज कोभीड–१९ भ्याक्सीन काठमाडौं आइपुगेको जानकारी दिएका छन् ।

एकपटक लगाए पुग्ने यो भ्याक्सीन पन्ध्र लाख ३४ हजारभन्दा बढी नेपालीलाई पूर्ण मात्रामा लगाउन पर्याप्त हुने उनले बताएका छन् ।

झन्डै ७५ बर्ष लामो न्यानो नेपाल–अमेरिका सम्बन्धमा थप एक कोशेढुङा बनेको यो क्षण महामारीको अन्त्य गर्ने, आर्थिक क्षतिबाट पुनरूत्थान, तथा पहिलेको जस्तै जनजीवनको सामान्यीकरणको दिशातर्फको एक महत्वपूर्ण कदम हुने बेरीले अपेक्षा गरेका छन् ।

 

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सोमवार सुनको मुल्यमा २ सयले गिरावट

Mon Jul 12 , 2021
असार २८ , काठमाडौं । साताको दोस्रो दिन सोमवार सुनको मुल्यमा २ सयले गिरावट आएको छ । आइतवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ४०० मा कारोबार भएको छापावाला सुन सोमवार प्रतितोला रू. ९२ हजार २ सयमा कारोवार भइरहेको छ ।सोमवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ७ ०० मा […]