आज शनिवार एमाले स्थायी कमिटी बैठक बस्दै

साउन १६, काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज शनिबार बस्ने भएको छ । बैठक अपराह्न तीन बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने केन्द्रीय कार्यालयले जनाएको छ ।

बैठकमा विधान महाधिवेशन तयारी, सदस्यता नवीकरण र केन्द्रीय विभागहरूको पूर्णताबारे छलफल हुनेछ । माधव नेपाल पक्षधरलाई सहमतिमा ल्याएर मात्रै बैठक बस्न खोजिए पनि सो समूह सहमतिमा नआएपछि बैठक डाकिएको संस्थापन पक्षको दावी छ ।

तर, माधब नेपाल पक्ष सबै बिषय प्याकेजमा सहमति नभएसम्म बैठकमा नजाने बताइसकेका छन् ।

 

 

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

के छ आज बिदेशी मुद्राको विनिमय दर ?

Sun Aug 1 , 2021
साउन १७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा रहेको छ । युरो एकको खरिददर १४१ रुपैयाँ १०९पैसा र बिक्रीदर १४१ रुपैयाँ ९० पैसा रहेको छ । कतारी […]