कृष्णबहादुर महराले अदालतबाट सफाइ पाए

साउन १२, काठमाडौं । पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले सफाइ दिएको छ । आज मंगलबार उच्च अदालत पाटनले उनीविरुद्धको मुद्दाको सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले यसअघि गरेको फैसलालाई सदर गरेको उच्च अदालतले जनाएको छ ।

न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो । उच्च अदालतमा महराविरुद्ध २०७७ पुस १७ मा रिट दायर गरेको थियो । जिल्ला अदालत काठमाडौको फैसलामा चित्त नबुझाएर सरकारी वकिलको कार्यलयले पुनरावेदन गरेको थियो ।

सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको आरोपमा महराविरुद्ध मुद्दा दायर भएको थियो ।

 

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेप्से परिसुचक २९.२४ अंकले बढ्यो, १५ अर्ब बढीको शेयर कारोवार

Tue Jul 27 , 2021
साउन १२, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार धितोपत्र कारोबार मापक नेप्से परिसूचक २९ दशमलव २४ अंकले बढेर ३ हजार ७९ दशमलव ६७ विन्दुमा पुगेको छ । त्यस्तै, १५ अर्ब १७ करोड ६ लाख ५१ हजार रुपैयाँ बराबरको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर कारोबार भएको […]