देउवालाई मोदीले फोन गर्दे भने,‘कोरोना बिरुद्धको खोप छिट्टै उपलब्ध गराउँछौं ।’

साउन ४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले आज सोमबार टेलिफोन गरेर बधाई दिएका छन् ।

प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनमार्फत कुरा भएको जानकारी सामाजिक सञ्जाल ट्वीटरमा दिएका छन् ।

उनले संवादका क्रममा द्विपक्षीय हितको विषयमा छलफल भएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीले कोभिडविरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेको र मोदीले छिट्टै खोप उपलब्ध गराउने आश्वासन दिएको समेत जानकारी गराएका छन् ।

मोदीले प्रधानमन्त्रीमा नियुक्त भएकोमा आफूलाई बधाई दिएकोमा प्रधानमन्त्री देउवाले धन्यवाद ज्ञापन गरेका छन् । मोदीले देउवा प्रधानमन्त्रीमा नियुक्ति हुने वित्तिकै बधाई दिएका थिएनन् । देउवाले हिजो बिश्वासको मत प्राप्त गरेपछि मात्र सामाजिक संजाल मार्फत बधाई दिएका हुन् ।

 

 

सेयर गर्नुहोस्
  • 200
  •  
  •  
  •  
  •  
  •  
    200
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज सोमबार नेप्से परिसुचक १३ दशमलब ९७ अंकले बढ्यो, करीब १२ अर्बको शेयर कारोवार

Mon Jul 19 , 2021
साउन ४, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार धितोपत्र कारोबार मापक नेप्से परिसूचक १३ दशमलव ९७ अंक बढेर बन्द भएको छ । सोमवार कारोबार रकम भने अघिल्लो दिनको भन्दा बढी भएको छ । यस दिन २१९ ओटा कम्पनीको १ लाख ७ हजार ७९७ पटकको व्यापारमा ११ अर्ब ८१ करोड […]