दोहोरो अंकले घट्यो नेप्से, शेयर कारोवार ४ अर्बमा खुम्चियो

असार २१, काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से सूचक ११.७८ अंकले घटेर २८२२.७४ को बिन्दुमा पुगेको छ।

आज ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ७ सय ७९ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२४ कम्पनीको १ करोड ६३ हजार ६ सय ३६ कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

आज विशाल बजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने हिमालय डेस्टिलरीको सेयर मूल्य ८.०२ प्रतिशतले बढेको छ । त्यस्तै, गोर्खाज फाइनान्सको सेयरमूल्य भने सर्वाधिक बढी ६.३६ प्रतिशतले घटेको छ ।

आज ट्रेडिङ, उत्पादन र प्रशोधन लगायत ५ समूहको समूहगत सूचक बढेको छ भने फाइनान्स, विकास बैंक लगायत ८ समूहको समूहगत सूचक घटेको छ । ट्रेडिङ समूहको सूचक सर्वाधिक बढी ३.६१ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको सूचक सवौधिक बढी २.६१ प्रतिशतले घटेको छ ।

आज हिमालय डेस्टिलरीको सर्वाधिक बढि ४१ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अप्पर तामाकोशीको १९ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज २९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ कम्पनीको सेयर मूल्य घटेको छ ।

देशमा पछिल्लो समय वैशाख १६ गतेदेखिको लकडाउनका कारण बैकल्पिक लगानी बनाएका लगानीकर्ता क्रमश  लकडाउन खुकुलो भएसँगै वाहिरिएकाले पनि बजार प्रभावित बनेको अनुमान ब्रोकरहरुले लगाएका छन् ।

यो आर्थिक वर्ष सकिनै लाग्दा आगामी वर्ष नीतिगत केहि परिवर्तनको हुनसक्ने आशंकाको कारण पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको ब्रोकरहरुको अनुमान छ ।

केहि समय अघि दैनिक करीब २० अर्ब रुपैयाँको कारोबार भएको बजार पछिल्लो समय घटेपनि कारोबार रकम भने कम भएकाले आत्तिनुपर्ने अवस्था नरहेको ब्रोकरहरु बताउँछन् । नेप्से परिसूचक घटेसँगै कारोबार रकमको उच्चता पनि कायमै रहेको अवस्थामा भने बजारमा नकारात्मक प्रभाव पर्ने तर्क ब्रोकरहरुको हो ।

यसर्थ परिसूचक घटबढ भए पनि कारोबार रकमको न्यूनताले लगानीकर्ताहरु सस्तोमा शेयर विक्री गर्न इच्छुक नभएको संकेत गरेकाले आगामी दिनमा यसले बजारमा सकारावत्मक प्रभाव पर्ने विश्वास ब्रोकरहरुको छ ।

गत जेठ ३१ गते नेपालको शेयर बजारमा एकै दिन रू. १९ अर्ब ५५ करोड बराबरको ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर कारोबार भएको थियो । असार ८ गतेसम्म दैनिक १० अर्ब रुपैयाँको शेयर कारोबार हुदैं आएको बजारमा त्यसपछि भने कारोबार रकम घट्दै गएको छ ।

सोमवार असार ८ गतेपछिकै न्यून रू. ४ अर्ब ५८ करोड २२ लाख १२ हजार बराबरको १ करोड ६३ हजार ६३६ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२४ कम्पनीको ५२ हजार ८४६ पटकको व्यापारमा भएको हो ।

कुल कारोबार रकममा यो दिन सर्वाधिक हिस्सा हिमालयन डिष्टिलरी लिमिटेडले ओगटेको छ । उक्त कम्पनीको सर्वाधिक रू. ४१ करोड २० लाख ८९ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको दिन कम्पनीको शेयरमूल्य ८ दशमलव शून्य २ प्रतिशत बढेर अन्तिम मूल्य रू. ५ हजार ६८५ कायम भएको छ ।

सोमवार सेन्सेटिभ इन्डेक्स भने स्थिर रहेको छ । व्यापारिक र उत्पादन तथा प्रशोधन समूहकोे परिसूचक यो दिन सर्वाधिक बढेको छ । व्यापारिक समूहको ३ दशमलव ६१ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको ३ दशमलव ९ प्रतिशतले परिसूचक बढेको हो । त्यस्तै अन्यको शून्य दशमलव ४ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ३६ प्रतिशत, लगानी समूहको शून्य दशमलव ५५ प्रतिशत परिसूचक यो दिन बढेको छ ।

यस दिन वित्त समूहको परिसूचक सर्वाधिक २ दशमलव ६१ प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंकको २ दशमलव ३७ प्रतिशत, जलविद्युतको १ दशमलव ८९ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव ५८ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव १२ प्रतिशत, बैंकिङ्गको शून्य दशमलव ३७ प्रतिशत, लघुवित्तको शून्य दशमलव ६६ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ८ प्रतिशत परिसूचक घटेको छ ।

सोमवार विशाल बजार कम्पनीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९९ प्रतिशत बढेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५३४ ले बढेर अन्तिम मूल्य रू. ५ हजार ८७९ पुगेको छ ।

 

 

सेयर गर्नुहोस्
  • 24
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रियसभामा सत्तापक्ष र प्रतिपक्षको वादविवाद, कोमल ओलीको कविता चर्चामा

Mon Jul 5 , 2021
असार २१, काठमाडौं । राष्ट्रियसभाको आज सोमबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरु आआफ्ना पार्टीको बचाउमा जोडदारले प्रस्तुत भएका छन् । सांसद कोमल वलीको कविताले चर्चा बटुल्यो । सांसदहरुले प्रतिनिधिसभा विघटनका पक्ष र विपक्षमा आफ्ना धारणा व्यक्त गरेका छन्। बैठकको विषेश समयमा उनीहरुले विघटनका पक्ष र विपक्षमा आफ्ना तर्क पेश गरे। […]