नेकपाका संस्थापक महासचिब पुष्पलालको आज स्मृति दिवस

साउन ७, काठमाडौं । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४३ औँ स्मृति दिवस, कम्युनिष्ट पार्टीहरुले मनाउँदैछन् ।

श्रेष्ठको स्मरणमा नेकपा एमालेले केन्द्रीय कमिटी बैठक अघि कार्यक्रम गर्दैछ । पुष्पलाल स्मृति प्रतिष्ठानले पनि कीर्तिपुरको चम्पादेवीमा पुष्पलाल स्मृति पार्कमा कार्यक्रम गर्दैछ । पुष्पलालको जन्मथलो रामेछापमा पनि विभिन्न कार्यक्रम हुँदैछन् ।

बिक्रम संवत २००६ साल बैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पुष्पलालले भारतको कोलकातामा बसेर नेकपा स्थापना गरेका थिए ।

१५ असार १९८१ मा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला पुत्रका रूपमा रामेछापमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गरेका थिए ।

नेपाली कांग्रेस र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचारका क्रममा निधन भएको थियो । नेपालको कम्युनिष्ट इतिहासमा पुष्पलालको अतुलनीय योगदान रहेको छ ।

 

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुस्ताङमा ट्रयाक्टरमा राखेर खोप ढुवानी

Thu Jul 22 , 2021
साउन ७, काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो । गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्र्याक्टरमा ढुवानी गरेर ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोप लगाएको छ । भेरोसेल […]