नेपाल अमेरिका लामो सम्बन्ध छ: अमेरिकी विदेशमन्त्री ब्लिकेन

असार २९, काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिकेनले नेपाल र अमेरिकाबीच लामो सहकार्य रहेको बताएका छन् । अमेरिकाले नेपाललाई प्रदान गरेको कोरोना भाइरसविरुद्धको खोप नेपाल पुगेपछि उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

विदेशमन्त्री ब्लिकेनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा लेखेका छन्, “अमेरिकाले जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । हामीबीच रहँदै आएको लामो सहकार्य अहिले खोप आदानप्रदानमा मुखरित भएको छ । यसले नेपाली जनतालाई महाविपत्तिका बेला थप सुरक्षित राख्न मद्दत गर्नेछ ।”

यसैबीच अमेरिकास्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी सहयोगका लागि अमेरिकी सरकार र जनतालाई हार्दिक आभार व्यक्त गरेको छ ।

अमेरिका र नेपालबीच ७३ वर्ष लामो दौत्य सम्बन्ध कायम छ । कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो ।

अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० डोज खोप निशुल्क प्रदान गरेको छ ।

 

 

सेयर गर्नुहोस्
  • 79
  •  
  •  
  •  
  •  
  •  
    79
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, सपथ साँझ ६ बजे

Tue Jul 13 , 2021
असार २९, काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले अघि भर्खर देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् । देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपति कार्यालयका अनुसार, प्रधानमन्त्रीको सपथ साँझ ६ बजे तोकिएको […]