प्रधानमन्त्री देउवाले बिश्वासको मत लिने प्रस्ताव संसदमा दर्ता गराए

साउन ३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिश्वासको मत लिनका लागि अहिले संसद सचिबालयमा प्रस्ताव दर्ता गराएका छन् ।
देउवाले विश्वासको मत लिने बारेको प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

सर्वोच्च अदालतको परामदेशपछि नेपाली कांग्रेसका सभापति देउवा असार २९ गते प्रधानमन्त्री बनेका थिए । एमालेको माधब नेपाल पक्षले देउवालाई प्रस्तावको पक्षमा मत दिने बताइसकेको छ । प्रतिनिधीसभा बैठक आज दिनको ४ बजे बस्दैछ ।

 

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुनको मुल्यमा ५ सयले गिरावट

Sun Jul 18 , 2021
साउन ३ ,काठमाण्डौ ।आइतवार सुनको मुल्यमा ५ सयले गिरावट आएको छ । शुक्रवार प्रतितोला ९३ हजार १ सयमा कारोवार भएको सुनको मुल्य आइतवार प्रतितोला ९२ हजार ६ सयमा कारोवार भइरहेको छ ।आइतवार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार १ सयमा कारोवार भइरहेको छ । आइतवार चाँदीको मुल्यमा ६५ रुपैयाले गिरावट […]