फूटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीद्वारा राजीनामा

साउन १०, काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमा फेसबुक मार्फत अलमुताइरीले राजीनाको घोषणा गरेका हुन्।

उनलाई गत चैतमा नेपाली राष्ट्रिय फूटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो । अखिल नेपाल फूटबल संघ (एन्फा) को टेक्निकल कमिटीले कुवेतका अब्दुल्लाहलाई प्रशिक्षक नियुक्त गर्न सिफारिस गरेपछि उनि नियुक्त भएका थिए ।

विश्वकप छनोटअन्तर्गत नेपालले गत महिना तीन खेल खेलेको थियो। उनको प्रशिक्षणमा नेपालले विश्वकप छनोटमा चाइनिज ताइपेईलाई हराउदा अस्ट्रेलिया र जोर्डनसँग पराजय भोगेको थियो। त्यसअघि उनको प्रशिक्षणमा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो।

प्रो–लाइसेन्स प्रशिक्षक तथा एएफसी कोचिङ इस्ट्रक्टर अब्दुल्लाहलाई नेपाल ल्याउनका लागि एन्फा र कतार फूटबल एसोसिएसनबीच सम्झौता भएको थियो। उनले के कारणले राजीनामा दिए केहि खुलाईएको छैन ।

 

 

सेयर गर्नुहोस्
  • 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निषेधाज्ञा थप कडा हुने, रेष्टुरेण्ट र होटल बन्द गरिने

Sun Jul 25 , 2021
  साउन १०, काठमाडौं । काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । यस पटक भने थप कडाई हुने जिल्ला प्रशासन स्रोतले जनायो । कोरोना संक्रमण बढ्दै गएकाले केही क्षेत्रलाई फेरि कडाइ गर्दै निषेधाज्ञा थपिन सक्ने प्रशासन स्रोतको भनाई छ । आज अपराह्न ४ बजे काठमाडौँ उपत्यकाका तीन वटै […]