महिन्द्रा मनसुन सर्भिस क्याम्प देशव्यापी शुरु हुँदै

साउन १३, काठमाडौं । भोली अर्थात साउन १४ देखि महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना हुने भएको छ । महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्कस्ले यही साउन १४ र १५ गते देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्न लागेको हो ।

महिन्द्राका सम्पूर्ण फोर व्हीलर गाडीहरुको ३०–पोइन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको यस सर्भिस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुको सेवा सुविधालाई मध्यनजर गरिएको यस सर्भिस क्याम्पमा गाडीको ३०–पोइन्ट चेकअप मार्फत सवारीको अवस्था सम्पूर्ण रुपमा उत्कृष्ट रहेको जानकारी पाउन सकिने कम्पनीले जनाएको छ । महिन्द्राका सबै गाडीहरुमा यो सेवा उपलब्ध हुने बालाजु अटोवर्कस्ले जनाएको छ ।

 

 

सेयर गर्नुहोस्
  • 996
  •  
  •  
  •  
  •  
  •  
    996
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

३ दिनभित्र कर तिर्न काठमाडौं महानगरपालिकाको उर्दी

Wed Jul 28 , 2021
साउन १३, काठमाडौं । काठमाडौं महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै तीन दिनभित्र घर जग्गा लगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ । महानगरपालिकाकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका २३ वटा ठूला करदाताको कार्यालय स्थलमै पुगेर माइकिङ गर्दै आज (बुधबार) बाट ३ दिन भित्र […]