सलमान खानले आरोप खण्डन गर्दे भने,‘मेरो कुनै पत्नी र १७ बर्षकी छोरी छैन’

साउन ९, काठमाडौं । बलिउड नायक सलमान खान पछिल्लो समय सामाजिक सञ्जालमा ट्रोलको शिकार बनेका थिए । उनले पत्नी र १७ वर्षकी छोरीलाई दुबईमा लुकाएको हल्ला फैलिएको थियो । सलमानले भर्खरैमात्र आफ्ना भाई अरबाज खानको टक शो ‘पिन्च टु’ टुमा यस्तो आरोपबारे खुलेर जवाफ दिएका छन् ।

यस शोमा आउने अतिथीहरुले ट्रोलर्स र उनीहरुले गरेका टिप्पणीमाथि प्रतिक्रिया दिन्छन् । अरबाजले यस्तै एक ट्रोल कमेन्टबारे प्रश्न राखे । जहाँ लेखिएको थियो,‘कहाँ लुकेको छस्, डरपोक । भारतमा सबैलाई थाहा छ कि तँ दुबईमा आफ्नी श्रीमती नूर र १७ वर्षकी छोरीसँग बस्छन् । भारतका मानिसहरुलाई कहिलेसम्म मुर्ख बनाउँछस् ।’

सलमानले यस अफवाहलाई खारेज गर्दै भने,‘यो सबै बकवास हो । उनले कसका बारे टिप्पणी गरेका हुन् र कहाँ पोस्ट गरे भन्ने मलाई थाहा छैन । म उनलाई भन्न चाहन्छु, ‘भाई मेरी पत्नी छैनन् ।’ म ९ वर्षको उमेरदेखि भारतमा ग्यालेक्सी अपार्टमेन्टमा बस्दै आएको छु । मैले यी व्यक्तिलाई जवाफ दिन गइरहेको छैन । म कहाँ बस्छु भनेर पुरै भारतलाई थाहा छ ।’

सोशल मिडिया सल्लाहकारका रुपमा कैटरिया कैफ वा दिशा पटानीमध्ये कसलाई राख्न चाहनुहुन्छ भनेर पनि शोमा उनलाई सोधिएको थियो । उनले कैटरिनाको नाम लिए । उनले सामाजिक सञ्जालमा कैटरिनाले निकै समझदारीपूर्वक पोस्ट गर्ने गरेको बताए ।
(स्रोतः अन्तराष्ट्रिय समाचार एजेन्सी)

 

 

 

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आजदेखि मध्यम तथा लामो दुरीका सवारी संचालन

Sat Jul 24 , 2021
साउन ९, काठमाडौं । कोरोना भाइरस रोकथाम गर्न साढे दुई महिनादेखि बन्द भएका मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीसाधन आज शनिबारदेखि सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै आजदेखि मध्यम तथा लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो । योसँगै काठमाडौँ उपत्यकाबाट मुलुकका […]