अक्सिजन प्लान्ट हस्तान्तरण

 

भदौ १० ,काठमाडौं । भारत सरकारले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपहारस्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।

बिहीवार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भारतीय जनता र सरकारको तर्फबाट नेपाल सरकारमार्फत् वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभएको हो । अक्सिजन प्लान्ट ग्रहण गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गर्नुभयो ।

उहाँले भारत सरकारको यस सहयोगले अक्सिजनको अभावलाई पुर्ति गर्ने बताउनुभयो । भारत सरकारले कोभिड नियन्त्रणका लागि नेपाल सरकारलाई खोप लगायतका अन्य स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि कोभिशिल्ड खोप उपलब्ध गराउनेमा विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्त्री श्रेष्ठले वर्तमान सरकार बनेको एक महिनाको अवधिमा करिब ५० लाख खोप लगाइसकेको पनि बताउनुभयो । १८ प्रतिशत जनतालाई खोपको पहिलो मात्रा र १३ प्रतिशत जनतालाई खोपको दोस्रो मात्रा लगाइसकिएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘यो सरकार आइसकेपछि हामीले एक महिनाको दौरानमा ५० लाख भ्याक्सिनहरु लगाइसकेका छौँ । झण्डै १८ प्रतिशत जनतालाई पहिलो मात्रा लगाएको छ भने दोस्रो मात्रा १३ प्रतिशत जनतालाई लगाएको छ ।’

अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि भारतिय राजदूत विनयमोहन क्वात्राले कोभिड १९ संक्रमणका बेलामा अक्सिजन प्लान्टको आवश्यकता पर्ने भन्दै नेपाल र भारत छिमेकी देश भएका नाताले आपसमा निर्भर भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘मेडिकल प्रोसेसका लागि अक्सिजन प्लान्ट इन्फास्ट्रक्चरको आवश्यक छ । नेपाल र भारत छिमेकी देश हुन् । नेपाल र भारतले एक अर्कामा निर्भर भएर काम गर्नुपर्छ । कोरोनाको दोस्रो लहरको बेलापनि हामीले केही सहयोग गरेका थियौँ र अब पनि गर्नेछौँ ।’

राजदूत क्वात्राले कोभिड १९ नियन्त्रणका लागि नेपाल सरकारलाई आगामी दिनमा पनि सहयोग गर्न भारत सरकार तयार रहेको बताउनुभयो ।

 

सेयर गर्नुहोस्
  • 7
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली महिला राष्ट्रिय टोलीको एएफसी महिला एसियन कप–२०२२ छनोट खेलको तयारी

Thu Aug 26 , 2021
भदौ १० ,काठमाडौं । दक्षिण एसियाली स्तरका प्रतियोगितामा खेल्दै आएको नेपाली महिला राष्ट्रिय टोलीले असोजमा एएफसी महिला एसियन कप–२०२२ छनोट खेल खेल्ने भएको छ । दक्षिण एसिया बाहेक विरलै मात्र अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली टोलीले छनोट खेललाई अनुभव सगाल्ने सुनौलो मौकाको रुपमा लिएको छ । बलिया प्रतिद्वन्द्वी भएपनि राम्रा नतिजाका […]