अनुगमन तथा मूल्यांकनको काम आवश्यकता अनुसार गर्न पाउने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग

भदौ १३,काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन तथा मूल्यांकनको काम आवश्यकता अनुसार गर्न पाउने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।

राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको आईतबारको बैठकमा बोल्दै समितिका सभापति परशुराम मेघी गुरुङ र सदस्य जितेन्द्र नारायण देवले अनुगमन तथा मूल्यांकनको काम समयमा हुन नसक्दा आयोजनाहरुको कार्य प्रगति थलालिंग अवस्था रहेको उल्लेख गर्दै आवश्यक्ता अनुसार अनिवार्य रुपमा अनुगमन तथा मूल्यांकन गर्न पाउने गरी कानुनी व्यवस्था गर्न सरकारलाई सचेत गराउनु भएको हो ।

समितिको बैठकमा ‘अनुगमन तथा मूल्यांकनका सम्बन्धमा व्यवस्था गर्न विधेयक’ माथि दफावार छलफल भईरहेको थियो । त्यसमा सुझाव दिँदै समितिका सदस्य देवले कम्तिमा ६ महिनामा एकचोटी राष्ट्रिय गौरवको आयोजनाहरुको अनुगमन तथा मूल्यांकन हुनेगरी कानुनी व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले प्रस्तावित विधेयकमा वर्षमा एक पटक मात्रै आयोजनाहरुको अनुगमन तथा मूल्यांकन गर्ने प्रस्ताव राखिएकोमा असहमति जनाउनु भयो ।

समितिका सभापति परशुराम मेघी गुरुङले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई प्रभावकारी बनाउने गरी अनुगमन, मूल्यांकन तथा परीक्षणको कामलाई अघि बढाउन सरकारलाई सचेत गराउनु भयो । उहाँले आयोजनाहरुको कामलाई अघि बढाउने सवालमा दोषी देखिएका निकायमाथि कडा कारबाही हुने गरी कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गर्नु भयो ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदका सचिव धनराज ज्ञवालीले आयोजनाहरुको अनुगमन तथा मूल्यांकनको काम वर्षमा एक पटक वा आवश्यक्ता अनुसार गर्न सकिने व्यवस्था राख्दा फरक नपर्ने सुझाव समितिलाई दिनु भएको थियो । उहाँले आयोजनाहरुको कामलाई प्रभावकारी बनाउन आवश्ययक्ता अनुसार मूल्यांकन तथा अनुमगन गर्न सकिने गरी कानुन निर्माण गर्न सो विधेयक ल्याइएको पनि स्पष्ट पार्नु भयो ।

यही भदौं १६ गते बुधबार बिहान साँढे ११ बजे समितिको अर्को बैठक बोलाइएको छ । सो बैठकमा आयोजनाहरुको काममा गल्ती गर्ने निकायमाथि हुने दण्ड, जरिवानाका विषयमा केन्द्रित भएर सो विधेयकमाथि छलफल हुने सभापति गुरुङले जानकारी दिनु भयो । सरकारले तीन वटै तहका सरकारले अघि बढाएका आयोजनाहरुको मूल्यांकन, अनुगमन तथा परीक्षणको कामलाई प्रभावकारी बनाउने गरी आवश्यक ऐन बनाउन सो विधेयक ल्याएको हो ।

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सप्तकोशीमा यस वर्षकै उच्च वहाव

Sun Aug 29 , 2021
भदौ १३,काठमाडौं । सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ । केहि दिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड […]