अफगानिस्तानमा संकटमा परेका नेपालीलाई आफ्नो देश छ र देशमा सरकार छ भन्ने कुराको अनुभुति गराउन सकेन : गोकुल बाँस्कोटा

साउन ३२ ,काठमाण्डौ ।  प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई तुरुन्त स्वदेश फिर्ता गराउन सरकार समक्ष माग गरेको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा शुन्य समय अघि नै बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद गोकुल प्रसाद बाँस्कोटाले द्धन्दग्रस्त मुलुक अफगानिस्तानमा भइरहेका राजनीतिक संघर्षका कारण अलपत्र परेका नेपालीहरुलाई तत्काल स्वदेश फर्काउन माग गर्नुभएको हो । वर्तमान सरकारले अफगानिस्तानमा संकटमा परेका नेपालीलाई आफ्नो देश छ र देशमा सरकार छ भन्नेकुराको अनुभुति गराउन नसकेको पनि उहाँले बताउनुभयो ।

सरकारको नेपालीलाई फर्काइनेछ भन्ने प्रतिवद्धताले नपुग्ने भन्दै उहाँले त्यहाँ रहेका नागरिक सुरक्षित छन् र सुरक्षित फर्काइने छ भन्ने प्रतिवद्धतासँगै कार्यान्वयन पनि हुनुपर्ने बताउनुभयो ।सांसद बाँस्कोटाले नेपाल सार्क मुलुकको अध्यक्ष भएको नाताले अफगानिस्तानको घटनाप्रति सरकारको दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले अफगानिस्तानको राजनीतिक घटनाको सम्बन्धमा सरकारले आफ्नो दृष्टिकोण सदनमा स्पष्ट पार्न पनि माग गर्नुभयो ।

उहाँले अफगानिस्तानको घटनाबाट वैदेशिक हस्तक्षेपहरु कुनैपनि स्वाधिन राष्ट्रको लागि कामयावी हुँदैनन् र अर्थहिन हुन्छन् भन्नेकुरा सिक्नुपर्ने बताउनुभयो । कुनैपनि देशमा बलियो राष्ट्रवादी शक्ति, दलहरु वा राष्ट्रिय शक्तिको निर्माण हुनुपर्दछ भन्ने देखिएको पनि उहाँले उल्लेख गर्नुभयो ।

 

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्मचारी ट्रेड यूनियन ८ औँ दिनको आन्दोलनमा

Mon Aug 16 , 2021
साउन ३२ ,काठमाण्डौ । नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउन खोजेको भन्दै कर्मचारी ट्रेड यूनियन ८ औँ दिन पनि आन्दोलनमा उत्रिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको कर्मचारी ट्रेड यूनियनले सोमवार बबरमहलस्थित प्राधिकरणको मुख्य कार्यालयअगाडि प्राधिकरणलाई टुक्राउनु नहुने मागसहित बिरोध प्रदर्शन गरेको हो । युनियनले यूरोपियन यूनियन (इयू) मा […]