कर्मचारी ट्रेड यूनियन ८ औँ दिनको आन्दोलनमा

साउन ३२ ,काठमाण्डौ । नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउन खोजेको भन्दै कर्मचारी ट्रेड यूनियन ८ औँ दिन पनि आन्दोलनमा उत्रिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको कर्मचारी ट्रेड यूनियनले सोमवार बबरमहलस्थित प्राधिकरणको मुख्य कार्यालयअगाडि प्राधिकरणलाई टुक्राउनु नहुने मागसहित बिरोध प्रदर्शन गरेको हो । युनियनले यूरोपियन यूनियन (इयू) मा नेपाल समावेश नभएकोले भन्दै यूरोपियन यूनियनले भनेको मान्न आफू बाध्य नभएको र यूरोपियन यूनियनले प्राधिकरण टुक्राउन नभनेको युनियनका प्रवक्ता अनिल कुमार गुप्ताले बताउनुभयो ।

उहाँले निहित स्वार्थका लागि सरकारले प्राधिकरणलाई टुक्राउन लागेको बताउनुभयो । उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ नेपालका लागि घातक भएको बताउनुभयो । प्रवक्ता गुप्ताले अहिलेको अवस्थामा नियमनकारी संस्थाको आवश्यक नरहेको जानकारी दिनुभयो ।

कर्मचारी ट्रेड यूनियनले साउन २५ गतेदेखि कार्यालयअगाडि नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ को बिरोध गर्दै आन्दोलनरत छ ।

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेप्से परिसूचक ५ दशमलव ७२ अंकले बढ्यो ,१५ अर्ब भन्दा माथिको कारोवार

Mon Aug 16 , 2021
साउन ३२ ,काठमाण्डौ ।  नेप्से परिसूचक ५ दशमलव ७२ अंकले बढेर ३ हजार १६० दशमलव शून्य ५ विन्दुमा बन्द भएको छ । बैंकिङ समूहको  परिसूचक शून्य दशमलव ५४ प्रतिशत,  वित्त समूहको शून्य दशमलव ९७ प्रतिशत,,जीवन बीमा समूहको शून्य दशमलव ९६ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ९६ प्रतिशत घटेको […]