काठमाडौंमा चित्रकला प्रदर्शनी शुरु

 भदौ १४,काठमाडौं । कोरोनाको कारण २ वर्ष यता रोकिएको चित्रकला प्रदर्शनी शुरु भएको छ ।

इ आर्ट्स नेपालको आयोजनामा आज (सोमवार) देखि आर्ट काउन्सिल बबरमहलमा चित्रकला प्रदर्शनी शुरु भएको हो । कोरोनाको कारण केही समय यता सुनसान रहेको माहोललाई उर्जावान बनाउनका लागि चित्रकला प्रदर्शनी गरेको चित्रकार एरिना ताम्राकारले बताउनुभयो । उहाँले कोरोनाका कारण चित्रकारहरुको कला घरमै मात्र सिमित रहेको भन्दै त्यसलाई थप उर्जावान बनाएर गति प्रदान गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने आशासहित आयोजना चित्रकला प्रदर्शनी गरिएको बताउनुभयो ।

प्रदर्शनीमा ब्याबसायिक चित्रकार प्रमिला बज्राचार्यले कोरोना केही सामान्य भएको अवस्थामा नेपाली चित्रकारहरुलाई केही सहज होस् भनेर यो प्रदर्शनी गरेको बताउनुभयो । प्रदर्शनीमा ६० भन्दा धेरै ब्यावसायिक चित्रकारहरु उपस्थित रहेको बताउनुभयो ।

चित्रकला प्रदर्शनीमा सहभागि चित्रकार सञ्जु श्रेष्ठले अनलाइनबाट प्रदर्शनी गर्नुपर्ने बाध्यतालाई चिर्दै भौतिक उपस्थितीमै चित्रकला प्रदर्शनी गर्न पाउँदा खुशी महशुस गरेको बताउनुभयो । उहाँले यसरी भौतिक उपस्थितीमै गरिने प्रदर्शनीले चित्रकारहरुमा शक्ति, जोश र जाँगर आउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोनाको पेण्डामिकले गर्दा फ्री भएर काम गर्न नपाइरहेको अवस्थामा त्यसमाथि मेण्टल्ली भित्रबाट बाँधिरहेको अवस्थामा यो फेस्टिबल केही उत्साहका लागि गरेका हौँ । पेण्डामिकले सबै काम रोकिरहेको जस्तो भएको थियो । यस्ता प्रोग्रामले आर्टिस्टहरुलाई इनर्जी आउँदो रहेछ, अनलाइनबाट आर्ट देखाइरहेपछि फिजिकली उपस्थित भएर देखाउन पाउँदा छुट्टै इनर्जी आउँदो रहेछ ।’

हरेक वर्षको दशैँअघि गरिँदै आएको चित्रकला प्रदर्शनीमा कोरोना भाइरसको डरले यसवर्ष धेरै जना ठूला चित्रकारहरुलाई समेट्न नपाइएको उहाँले बताउनुभयो । आज (सोमवार) भाद्र १४ गतेबाट शुरु भएको चित्रकला प्रदर्शनी भाद्र २० गते आईतवारसम्म चल्नेछ ।

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मंगलवार यस्तो छ तरकारीको मुल्य

Tue Aug 31 , 2021
भदौ १५,काठमाडौं । मंगलबार काठमाण्डौमा आलु रातो(मुडे) को मुल्यमा पचास पैसाले वृद्धि भएको छ। सोमबार प्रतिकेजी ४६ रुपैया ५० पैसामा कारोवार भएको आलु रातो (मुडे)को मुल्य मंगलबार प्रतिकेजी ४७ रूपैयाँमा कारोवार भइरहेको छ । मंगलबार काउली (स्थानिय)को मुल्यमा ३४ रुपैयाँ ५० पैसाले गिरावट आएको छ । सोमबार प्रतिकेजी ११२ रुपैया […]