कोरोना संकटको बेला पनि भीडमा बसेर राहदानी लिनुपर्ने बाध्यता

साउन २६ ,काठमाण्डौ । सेवाग्राहीहरुले सरकारले आवश्यक व्यवस्था नमिलाएकै कारण कोरोना संकटको बेला पनि भीडमा बसेर राहदानी लिन बाध्य भएको गुनासो गरेका छन ।

मंगलबार बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा पुगेका सेवाग्राहीहरुले कोरोनाकालमा भौतिक दुरी कायम गर्न अपिल गर्दै आएको सरकारले आवश्यक व्यवस्था नमिलाएका कारण भीडमा बसेर राहदानी लिन बाध्य हुनु परेको प्रतिक्रिया दिएका हुन ।

धनुषाबाट आएका धिरेन्द्रकुमार साहले दस्तुर तिरेर पनि समयमै राहदानी पाउने अवस्था नरहेको गुनासो गर्नु भयो । उहाँले कोरोनाकालमा पनि राहदानी लिनका लागि सामाजिक दुरी कायम गर्ने व्यवस्था सरकारले गर्न नसकेको, सोधपुछ गर्ने ठाउँसमेत विभागमा नभएकाले आफूहरु अलमलमा परेको पनि बताउनु भयो ।राहदानी नविकरणका लागि बिहानै पुगेका भक्तपुर दुवाकोटका तेजबहादुर कार्कीले पनि भीडमा बसेको राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनु भयो । उहाँले कोरोनाको जोखिम मोलेर पनि आफूहरु राहदानी लिन भीडमा बस्न बाध्य हुनु परेको पनि स्पष्ट पार्नु भयो ।

सरकारले भौतिक दुरीको कुरा गरेपनि सेवा लिने बेलामा भिडको व्यवस्थापन समेत गर्न नसकेकोमा सेवाग्राहीको चर्को गुनासो छ । उनीहरुले काठमाडौंमै आएर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न पनि सरकारसँग आग्रह गरेका छन ।

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इपिएलको ट्रफ्री सार्वजनिक

Tue Aug 10 , 2021
साउन २६ ,काठमाण्डौ । हंशराज हुलासचन्द एण्ड कम्पनीको उत्पादन बजाज पल्सरले मुख्य प्रायोजन गर्ने चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको विजेताले पाउने ट्रफी सार्वजनिक गरिएको छ । आयोजक एभरेष्ट प्रिमियर लिग (इपिएल) ले राजधानीमा एक कार्यक्रमको आयोजना गरेर विजयी टोलीलाई प्रदान गरिने ट्रफी सार्वजनिक गरेको हो । […]